बिहिबार नेप्से परिसूचक ११.८५ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक ११.८५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । बिहिबार नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको छ। अघिल्लो कारोबार दिन ७८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ७ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज सोल्टी होटल र हाथवे इन्भेष्टमेन्टको साढे ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक आज सर्वाधिक १.५५ प्रतिशत घटेको छ। त्यस्तै, वित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 09 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास