नौं खेलाडीमा सीमित टोटनह्यामलाई चेल्सीले हरायो

नौं खेलाडीमा सीमित टोटनह्यामलाई चेल्सीले हरायो : Icon Khabar

काठमाडौं, कात्तिक २१ । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हट्सपरलाई ४–१ ले हराएको छ । टोटनह्यामको मैदानमा गए राति भएको लण्डन डर्बीमा चेल्सीलाई विजयी गराउन निकोलस ज्याक्सनले ह्याट्रिक गर्दा कोले पाल्मरले एक गोल थपे ।

टोटनह्यामका लागि डेजान कुलुसेभ्स्कीले पहिलो गोल गरेका थिए । खेलमा टोटनह्यामका दुई खेलाडीहरु रोमेरो र उडोगीले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो । यो खेलमा कुल ५ गोल हुँदा अरु पाँच गोल भिडियो असिस्टेन्ट रेफ्री – भिएआरको सहयोगमा अस्वीकार गरिएको थियो ।

यो जितसँगै चेल्सी ११ खेलबाट १५ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । टोटनह्यामले भने शीर्ष स्थानमा उक्लिने अवसर खेर फालको छ । २७ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा २६ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।

Published Date: 07 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु