नौं खेलाडीमा सीमित टोटनह्यामलाई चेल्सीले हरायो

नौं खेलाडीमा सीमित टोटनह्यामलाई चेल्सीले हरायो : Icon Khabar

काठमाडौं, कात्तिक २१ । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हट्सपरलाई ४–१ ले हराएको छ । टोटनह्यामको मैदानमा गए राति भएको लण्डन डर्बीमा चेल्सीलाई विजयी गराउन निकोलस ज्याक्सनले ह्याट्रिक गर्दा कोले पाल्मरले एक गोल थपे ।

टोटनह्यामका लागि डेजान कुलुसेभ्स्कीले पहिलो गोल गरेका थिए । खेलमा टोटनह्यामका दुई खेलाडीहरु रोमेरो र उडोगीले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो । यो खेलमा कुल ५ गोल हुँदा अरु पाँच गोल भिडियो असिस्टेन्ट रेफ्री – भिएआरको सहयोगमा अस्वीकार गरिएको थियो ।

यो जितसँगै चेल्सी ११ खेलबाट १५ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । टोटनह्यामले भने शीर्ष स्थानमा उक्लिने अवसर खेर फालको छ । २७ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा २६ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 November 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न