टी–२० विश्वकप एसिया छनोट : उपाधिका लागि आज नेपाल र ओमान भिड्दै

टी–२० विश्वकप एसिया छनोट : उपाधिका लागि आज नेपाल र ओमान भिड्दै : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा उपाधिका लागि आज (आइतबार) नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहान ११ बजेदेखि सुरु हुने खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । यसअघि ‘ए’ समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।

शुक्रबार भएको सेमिफाइन खेलमा नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाइएको थियो । फाइनलमा पुग्दै नेपाल र ओमान दुवै टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएका छन् ।

हेड टु हेड :

नेपाल र ओमानबीच टि२० आईमा पाँच खेल भएका छन् । नेपाल तीन र ओमान दुई खेलमा विजयी भएको छ ।

Published Date: 05 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास