नेपालले टस जित्यो पहिले ब्याटिङ गर्दै

नेपालले टस जित्यो पहिले  ब्याटिङ गर्दै : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानसँग टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेकोछ । घाइते दीपेन्द्रसिंह ऐरी आज खेलेका छैनन् । उनी नखेल्दा सन्दीप जोरा प्लेइङ ११ मा फर्किएका छन् । दीपेन्द्रको सोमबार बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । शुक्रबार युएईविरुद्ध सेमिफाइनल खेल जितेको खण्डमा टि२० विश्वकप खेल्न पाउने हुँदा दीपेन्द्रले उक्त जोखिम लिएका थिए ।

नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउनुको साथै विश्वकपमा पुगेका थिए ।

नेपालले यसअघि २०१४ मा टि२० विश्वकप खेलेको थियो । ओमानले २०१६ र २०२१ मा टि२० विश्वकप खेलेको थियो । २०२१ मा युएई आयोजक हुँदा ओमान सह आयोजक थियो ।

घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनको पराजित भएको थियो । युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोलीको मनोबल उच्च छ । घरेलु मैदान र दर्शकले नेपाल झनै बलियो बन्नेछ ।

ओमान उक्त खेलको नतिजा निरन्तरता दिन चाहन्छ । नेपाल र ओमानबीच टि२० आईमा पाँच खेल भएका छन् । नेपाल तीन र ओमान दुई खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ–११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।

Published Date: 05 November 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक