युनेस्कोद्वारा काराकासलाई सङ्गीतको सिर्जनात्मक सहर घोषणा

युनेस्कोद्वारा काराकासलाई सङ्गीतको सिर्जनात्मक सहर घोषणा : Icon Khabar

काराकस (भेनेजुयला) कात्तिक १५ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मङ्गलबार भेनेजुएलाको राजधानी काराकसलाई सङ्गीतको सिर्जनात्मक सहर तोकेको छ ।

युनेस्कोले यो वर्ष मङ्गलबार परेको विश्व सहर दिवसमा विश्वभरका ५५ सहरलाई सिर्जनात्मक सहरमा समावेश गर्नका लागि छनोट गरेको बताएको छ ।

युनेस्कोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी नयाँ सहर उनीहरूको विकास रणनीतिको हिस्साका रूपमा संस्कृति र सिर्जनात्मकताको उपयोग गर्ने र मानवकेन्द्रित सहरी योजनाहरूमा नवीन अभ्यास प्रदर्शन गर्ने दृढ प्रतिबद्धताका लागि स्वीकार गरिएको हो ।”

भेनेजुएलाका संस्कृतिमन्त्री अर्नेस्टो भिलेगासले आफ्नो एक्स अकाउन्टमा राजधानी सहरलाई बधाई दिँदै उक्त पद देशको सबैभन्दा प्रतीकात्मक सङ्गीतकारमध्येका एक अली प्रिमेराको जन्मदिनसँग मेल खाएको बताए ।

जुलाईमा काराकसका मेयर कारमेन मेलेन्ड्जले सहर स्थापनाको ४५६औँ वार्षिकोत्सवमा युनेस्को क्रिएटिभिटी सिटी अफ म्युजिक पदका लागि आवेदन दिएको घाेषणा गरेको थियो । रासस/सिन्ह्वा

Published Date: 01 November 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु