अक्टोबर महिनामा नेपालमा भित्रियो अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक

अक्टोबर महिनामा नेपालमा भित्रियो अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक : Icon Khabar

काठमाडौं, कार्तिक १५ । अक्टोबर महिनामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् ।

पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो । विश्वभर फैलिएको कोरोना महामारीका कारण सन् २०२० को अक्टोबरमा एक हजार ८३१ पर्यटक नेपाल आएका थिए ।

अक्टोबरमा सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन् । भारतबाट १८ हजार ४८० पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतपछि सबैभन्दा धेरै अमेरिकाबाट १४ हजार ८७९ पर्यटक नेपाल आएका छन् । यस्तै, तेस्रो मुलुक बेलायत रहेको छ । बेलायतबाट आठ हजार २१७ पर्यटक नेपाल आएका छन् ।

तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन् ।

Published Date: 01 November 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता