अक्टोबर महिनामा नेपालमा भित्रियो अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक

अक्टोबर महिनामा नेपालमा भित्रियो अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक : Icon Khabar

काठमाडौं, कार्तिक १५ । अक्टोबर महिनामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् ।

पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो । विश्वभर फैलिएको कोरोना महामारीका कारण सन् २०२० को अक्टोबरमा एक हजार ८३१ पर्यटक नेपाल आएका थिए ।

अक्टोबरमा सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन् । भारतबाट १८ हजार ४८० पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतपछि सबैभन्दा धेरै अमेरिकाबाट १४ हजार ८७९ पर्यटक नेपाल आएका छन् । यस्तै, तेस्रो मुलुक बेलायत रहेको छ । बेलायतबाट आठ हजार २१७ पर्यटक नेपाल आएका छन् ।

तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 November 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग