कला र साँस्कृतिक सम्पदाले भरिपूर्ण नगर मध्यपुर थिमि (फोटो फिचर)

कला र साँस्कृतिक सम्पदाले भरिपूर्ण नगर मध्यपुर थिमि (फोटो फिचर) : Icon Khabar

भक्तपुर, कार्तिक ११ । मध्यपुर थिमि नेपाल बागमती प्रदेश भक्तपुर जिल्लाको एक नगरपालिका हो । काठमाडौँ उपत्यकाको भक्तपुर जिल्लामा रहेका तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकन्थली गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो ।

बालकुमारी मन्दिर

१७ वटा वडामा विभाजित यो नगरपालिकालाई देशमा सङ्घीय शासन व्यवस्था लागू भएपछि वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र वि.सं. २०७३ फाल्गुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम यो नगरपालिकालाई ९ वटा वडामा सीमित गरिएको हो । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका काठमाडौँ महानगरपालिकाको सिनामङ्गल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् ।

लोकेश्वोर मन्दिर

नगरपालिकामा रहेका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा निलबाराही, महालक्ष्मी मन्दिर, कुमारीको मन्दिर, सिद्धिगणेश मन्दिर, विश्वविनायक मन्दिर, सिद्धिकाली मन्दिर, दिगु भैरव मन्दिर, राज गणेश मन्दिर, स्वेतभैरव मन्दिर, गुरु गणेश, लोकेश्वर मन्दिर, थासोमा गणेश मन्दिर, बालकुमारी मन्दिर, ताहानारायण मन्दिर, बिष्णुवीर मन्दिर, वामुने गणेश मन्दिर, प्रथम गणेश, नगदेश बुद्ध विहार, पाटी बिहार, धर्मचक्र गुम्वा, शिवा गणेश मन्दिर, विश्वेश्वर महादेव, सिलेश्वर महादेव, शोणे कामदेव मन्दिर, निलवर्ण गणेश मन्दिर, महालक्ष्मी मन्दिर, भवानी शंकर मन्दिर, दिव्यश्वरी मन्दिर, नित्यनाथ मन्दिर, आकाश भैरव मन्दिर, वसुन्धरादेवीको मन्दिर, नारायण मन्दिर, तछ्छु गणेश मन्दिर, अजिमाद्यो मन्दिर, इन्द्रायणी वम्हायानी मन्दिर, गोरखनाथ मन्दिर, हरिसिद्धि मन्दिर, तलेजु भवानी मन्दिर, कुशल भैरव मन्दिर, नवदुर्गा भवानी मन्दिर, नाट्यश्वरी मन्दिर, विन्दवासीनी (वडा नं. २) मन्दिर, कुकीइनाय गणेश मन्दिर, सूर्यविनायक मन्दिर, भक्ति मन्दिर श्यामाश्याम धाम राधेराधे मन्दिर, शंखधर साख्वाचोक आदि रहेका छन् ।

नारायण मन्दिर

आदर्श मा वि लायकुको प्रवेशद्वार

यहाँका अधिकांश जनता कृषि पेशामा संलग्न छन्। यहाँ मौसम अनुसारका हरियो तरकारी र धानबालीका लहलहाउँदा बालाहरूले यहाँको सौन्दर्यमा रौनक त थपिरहेकै हुन्छ, ठाउँ ठाउँमा सुकाउन राखिएका विभिन्न आकार प्रकारका माटाका भाँडाकुँडाहरूले पनि आगन्तुकहरूलाई छुट्टै आनन्द दिइरहेको हुन्छ ।

 

नेवारहरूको वाहुल्यता रहेका यस नगरमा भने क्षेत्री, बाहुन, राई, मगर, दमाई, सार्की लगायत अन्य जातजातीको पनि यहाँ बसोबास छ । पेशागत रूपले मध्यपुर थिमीलाई श्रृजना र शिल्पीहरूको सहर भन्ने गरिएको छ ।

दुई पोखरी

यस नगरमा मनाइने जात्राहरूमा विस्केट जात्रा, जिब्रो छेड्ने जात्रा, गाईजात्रा, इन्द्रजात्रा, खड्ग जात्रा, दिपंकर जात्रा र पुलुकिसि जात्रा प्रमुख जात्रा हुन् भने महाकाली नाच, भैरव नाच, निलबाराही गण नाच, इन्द्र अप्सरा नाच, हनुमान नाच, अष्टमात्रिका नाच, मयुर नाच, आदि प्रमुख नाचहरू हुन् ।

 

 

Published Date: 28 October 2023
ताजा
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
पहाडी र हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक