गाजाको अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले नेपाल सरकार स्तब्ध

गाजाको अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले नेपाल सरकार स्तब्ध : Icon Khabar

काठमाडौं, कार्तिक २ । नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले स्तब्ध बनाएको उल्लेख गरेको छ ।

‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सर्वसाधारण नागरिक विरुद्धको यस आक्रमणलाई लिएर गम्भीर रूपमा चिन्तित भएको जनाइएको छ ।

नेपालले जस्तोसुकै परिस्थितिमा भए पनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने भन्दै जारी विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न पनि आग्रह गरेको छ ।

Published Date: 19 October 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग