बिहिबार नेप्से परिसूचक ४.०५ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक ४.०५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक २ । बिहिबार नेप्से परिसूचक ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक घटेको छ।

बिहीबार २८४ स्टकको २५ हजार ५२० पटकको कारोबारमा ९७ करोड ६ लाख १२ हजार रुपैयाँ बराबरको ३७ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ्ग, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। आज जलविद्यूत उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

Published Date: 19 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी