निशान नेपालको ‘उत्कृष्ट अफर’, इंग्ल्याण्ड र पाकिस्तान बिचको विश्वकप भिडन्त लाइभ हेर्ने अवसर

निशान नेपालको ‘उत्कृष्ट अफर’, इंग्ल्याण्ड र पाकिस्तान बिचको विश्वकप भिडन्त लाइभ हेर्ने अवसर : Icon Khabar

काठमाडौँ, कार्तिक २ । पायोनियर मोटो कर्पले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल सँगको साझेदारी आठौं वर्षमा निरन्तरता दिने घोषणा गरिसकेको थियो। यतिबेला आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ पुरा विश्वले उत्साहपुर्ण रुपले मनाईरहेको छ । र यहि उत्सबमा आफ्ना ग्राहकहरुका लागि खुसी थप्न निशानले भाग्यशाली ४ बिजेता लाई इंग्ल्याण्ड र पाकिस्तान बिचको खेलको टिकट उपहार दिने भएको छ ।

निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरु उक्त लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्। खेल ११ नोभेम्बर २०२३ मा कोलकाताको ऐतिहाशिक इडेन गार्डेन स्टेडियममा हुने तय भएको छ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिप कुमार का अनुसार “अति रोमाञ्चक खेलकुदको उत्सब क्रिकेट विश्वकप र आईसीसी सँगको साझेदारीलाई निरन्तरता दिन हामीले विशेषगरी क्रिकेट फ्यान भएका हाम्रा निसान ग्राहकहरूका लागि यो उपहार घोषणा गरेका छौं।

यस प्रतिष्ठित कार्यक्रमको मुख्य प्रायोजकको रूपमा, निसानले क्रिकेट प्रतिको प्रेम फैलाउन र आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू सिर्जना गर्न समर्पित गरेको छ।

पायोनिर मोटो कर्प र निसानको बारेमा
पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो । कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।

निसान मोटर कम्पनी, वा निसान, जापानको योकोहामाको निशी-कुमा मुख्यालय रहेको बहुराष्ट्रिय अटोमोबाइल(गाडी) निर्माता हो । कम्पनीले निसान र इन्फिनिटि ब्रान्डका कारहरू निस्मो नामक इन-हाउस पर्फमेन्स ट्युनिङ उत्पादनहरू अन्तर्गत बिक्री गर्दछ ।
निसान नेपालको बारेमा थप जानकारीका लागि, यहाँ जानुहोस्: https://nissan-nepal.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 October 2023
Website | + posts