नोकियाले गर्यो १४ हजार कर्मचारी कटौती गर्ने घोषणा

नोकियाले गर्यो १४ हजार कर्मचारी कटौती गर्ने घोषणा : Icon Khabar

काठमाडौं, कार्तिक २ । फिनिस टेलिकम कम्पनी नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । उसले सन् २०२६ सम्म ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा गरेको हो ।

नोकिया कुनै समय विश्वको सबभन्दा ठूलो ह्याण्डसेट निर्माता कम्पनी थियो । तर स्मार्टफोनको दुनियाँमा पछाडि पर्‍यो र पछिल्लो समय उसले ५जी उपकरणको कारोबार थाल्यो ।

तर जुलाइदेखि सेप्टेम्बरको बीचमा नोकियाको बिक्री २० प्रतिशतले घटेको छ । स्वीडेनको एरिक्सन र चीनको हुवावेसँगको ५जी नेटवर्कको प्रतिस्पर्धामा नोकियाको बिक्री २०२३ को तेस्रो महिनामा २० प्रतिशतले घटेर ४.९८ बिलियन युरो भएको छ ।

उत्तरी अमेरिकाको बजारमा ५जी उपकरणको मागमा आएको कमीको पूर्ति भारतबाट हुने अनुमान थियो । ‘हामीले भारतमा ५जीको विकासको गति कमी देख्यौं । यसको अर्थ उत्तरी अमेरिकाको मन्दीको भर्पाइ गर्न पर्याप्त हुन्न’ नोकियाका सीईओ पेक्का लुन्डमार्कको वक्तव्यमा भनिएको छ ।

नोकियाको रिपोर्टअनुसार यो तीन महिनामा उनको नाफा १३३ मिलियन युरो छ, जुन अघिल्लो वर्षको यही अपधिको भन्दा ६९ प्रतिशत कम हो । सीईओ लुन्डमार्कले भनेका छन्, ‘तेस्रो त्रैमासिकमा हामीले आर्थिक चुनौतीको प्रभाव हाम्रो कारोबारमा बढेको देखेका छौं ।’

नोकियाले २०१५ मा नौ हजार कर्मचारी कटौती गरेको थियो । हाल विश्वभरमा नोकियाका लागि ८६ हजार कर्मचारी काम गर्छन् । अब हुने कर्मचारी कटौतीपछि यो संख्या ७२ हजारसम्म झर्ने अपेक्षा छ ।

यसले लागत १.२ बिलियन युरोसम्म कटौती हुने कम्पनीको अपेक्षा छ ।

Published Date: 19 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी