नोकियाले गर्यो १४ हजार कर्मचारी कटौती गर्ने घोषणा

नोकियाले गर्यो १४ हजार कर्मचारी कटौती गर्ने घोषणा : Icon Khabar

काठमाडौं, कार्तिक २ । फिनिस टेलिकम कम्पनी नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । उसले सन् २०२६ सम्म ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा गरेको हो ।

नोकिया कुनै समय विश्वको सबभन्दा ठूलो ह्याण्डसेट निर्माता कम्पनी थियो । तर स्मार्टफोनको दुनियाँमा पछाडि पर्‍यो र पछिल्लो समय उसले ५जी उपकरणको कारोबार थाल्यो ।

तर जुलाइदेखि सेप्टेम्बरको बीचमा नोकियाको बिक्री २० प्रतिशतले घटेको छ । स्वीडेनको एरिक्सन र चीनको हुवावेसँगको ५जी नेटवर्कको प्रतिस्पर्धामा नोकियाको बिक्री २०२३ को तेस्रो महिनामा २० प्रतिशतले घटेर ४.९८ बिलियन युरो भएको छ ।

उत्तरी अमेरिकाको बजारमा ५जी उपकरणको मागमा आएको कमीको पूर्ति भारतबाट हुने अनुमान थियो । ‘हामीले भारतमा ५जीको विकासको गति कमी देख्यौं । यसको अर्थ उत्तरी अमेरिकाको मन्दीको भर्पाइ गर्न पर्याप्त हुन्न’ नोकियाका सीईओ पेक्का लुन्डमार्कको वक्तव्यमा भनिएको छ ।

नोकियाको रिपोर्टअनुसार यो तीन महिनामा उनको नाफा १३३ मिलियन युरो छ, जुन अघिल्लो वर्षको यही अपधिको भन्दा ६९ प्रतिशत कम हो । सीईओ लुन्डमार्कले भनेका छन्, ‘तेस्रो त्रैमासिकमा हामीले आर्थिक चुनौतीको प्रभाव हाम्रो कारोबारमा बढेको देखेका छौं ।’

नोकियाले २०१५ मा नौ हजार कर्मचारी कटौती गरेको थियो । हाल विश्वभरमा नोकियाका लागि ८६ हजार कर्मचारी काम गर्छन् । अब हुने कर्मचारी कटौतीपछि यो संख्या ७२ हजारसम्म झर्ने अपेक्षा छ ।

यसले लागत १.२ बिलियन युरोसम्म कटौती हुने कम्पनीको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 October 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न