प्रबासी नेपालीहरुलाई मताधिकार दिनाले देशलाई गम्भीर असर पर्छ: मेयर सुनिल प्रजापति

प्रबासी नेपालीहरुलाई मताधिकार दिनाले देशलाई गम्भीर असर पर्छ: मेयर सुनिल प्रजापति : Icon Khabar

भक्तपुर, कार्तिक २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाली नागरिकलाई नागरिकता दिनुमा कुनै समस्या नभएको तर प्रबासी नेपालीहरुलाई मताधिकार दिने विषयले देशलाई गम्भीर र दीर्घकालीन असर पर्ने बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रममा आज उनले यो कुरा बताएका हुन्।

विदेशमा बस्ने लाखौं संख्याका नागरिकहरुले मतदान गर्दा विदेशीको स्वार्थ पूरा हुनेतर्फ केन्द्रित हुने बताउँदै लेण्डुपले सिक्किम भारतमा विलय गरेझैं नेपाललाई पनि भारतको अंग बनाउन भारतका शासक वर्गको स्वार्थ पूरा गर्न विदेशमा बसेकाहरुलाई मताधिकार एक राम्रो हतियार बन्ने खतरा अहिले नेपाललाई भएको बताए।

एमसीसी र एसपीपी नेपालको हित विपरीत भएको बताउँदै उनले विदेशीलाई राजनीतिक अधिकार दिनु भनेको नेपालको संसदमा विदेशीहरुको हालीमुहाली चुल्नु हो र संसद र्न विदेशीले कब्जा गर्ने स्थिति आउन सक्नेतर्फ इंगित गरे।

Published Date: 19 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास