प्रबासी नेपालीहरुलाई मताधिकार दिनाले देशलाई गम्भीर असर पर्छ: मेयर सुनिल प्रजापति

प्रबासी नेपालीहरुलाई मताधिकार दिनाले देशलाई गम्भीर असर पर्छ: मेयर सुनिल प्रजापति : Icon Khabar

भक्तपुर, कार्तिक २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाली नागरिकलाई नागरिकता दिनुमा कुनै समस्या नभएको तर प्रबासी नेपालीहरुलाई मताधिकार दिने विषयले देशलाई गम्भीर र दीर्घकालीन असर पर्ने बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रममा आज उनले यो कुरा बताएका हुन्।

विदेशमा बस्ने लाखौं संख्याका नागरिकहरुले मतदान गर्दा विदेशीको स्वार्थ पूरा हुनेतर्फ केन्द्रित हुने बताउँदै लेण्डुपले सिक्किम भारतमा विलय गरेझैं नेपाललाई पनि भारतको अंग बनाउन भारतका शासक वर्गको स्वार्थ पूरा गर्न विदेशमा बसेकाहरुलाई मताधिकार एक राम्रो हतियार बन्ने खतरा अहिले नेपाललाई भएको बताए।

एमसीसी र एसपीपी नेपालको हित विपरीत भएको बताउँदै उनले विदेशीलाई राजनीतिक अधिकार दिनु भनेको नेपालको संसदमा विदेशीहरुको हालीमुहाली चुल्नु हो र संसद र्न विदेशीले कब्जा गर्ने स्थिति आउन सक्नेतर्फ इंगित गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 October 2023
Website | + posts