बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक २ । सुनको भाउले बिहीबार (कात्तिक २ गते) नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । बुधबार छापावाल सुन तोलाको १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि सुनको मूल्य गत साउन ४ गते अहिलेसम्मकै उच्च १ लाख १३ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

बिहीबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 October 2023
Website | + posts