बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक २ । सुनको भाउले बिहीबार (कात्तिक २ गते) नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । बुधबार छापावाल सुन तोलाको १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि सुनको मूल्य गत साउन ४ गते अहिलेसम्मकै उच्च १ लाख १३ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

बिहीबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 19 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास