हृदयाघात भएपछि चीनमै चिकित्सकको निगरानीमा रहेको उपप्रधानमन्त्री श्रेष्ठ खतरामुक्त

हृदयाघात भएपछि चीनमै चिकित्सकको निगरानीमा रहेको उपप्रधानमन्त्री श्रेष्ठ खतरामुक्त : Icon Khabar

काठमाडौं, कार्तिक २ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । सरकारकी प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माले यसको पुष्टि गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई चीनमै चिकित्सकको निगरानीमा राखिएको बताईन् ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई हिजो छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको सूचना तथा सञ्चार मन्त्री शर्माले जानकारी दिईन् ।

आजको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले यस विषयमा पनि छलफल गरेको जानकारी दिँदै उनले उपप्रधानमन्त्री श्रेष्ठ खतरामुक्त भएको बताईन् ।

उनले श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकलकलेज अस्पतालमा भर्ना गरिएको र उपचारमा अझै समय खर्च हुने पनि बताईन् ।

उनले भनिन्– ‘हिजो हाम्रो उपप्रधानमन्त्री अहिले चाईनामा हुनुहुन्छ । गए राति उहाँलाई अचानक हृृदयघात भयो र चाईनाको बेईजिङ्स्थित हस्पिटलमा उहाँको उपचार भईरहेको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भन्ने खबर छ । राजदूतसँग प्रधानमन्त्रीको कुरा भईरहेको छ । उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ भन्ने खबर आएको छ । दुई–चार दिन उहाँको उपचारमा समय खर्च हुन सक्छ भन्ने खबर छ र त्यो कुरालाई प्रधानमन्त्रीले बैठकमा छलफल गर्नु भएको थियो ।’

मन्त्री श्रेष्ठ मंगलबार र बुधबार बेइजिङमा भएको बीआरएफमा ‘हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे छलफलमा सहभागी भएका थिए ।

Published Date: 19 October 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक