नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै

नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै : Icon Khabar

काठमाडौं, कार्तिक, २ । नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । मुलपानी क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिदङ गर्ने निर्णय गरेको छ ।

नेपालले बुधबार भएको पहिले खेलमा यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको छ । आजको खेल पनि जित्ने लक्ष्यका साथै नेपाली टोली मैदानमा उत्रनेछ । नेपाली टोलीले हङकङसँगको खेलमा पनि कुनै परिवर्तन गरेको छैन ।

टी-२०आई नेपाललले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको हो । पछिल्लो पटक नेपाल र हङकङ २०२० मार्चमा एसीसी टी-२० इस्टर्न रिजनमा खेलेका थिए । जसमा हङकङ ४३ रनले विजयी भएको थियो । उक्त खेल खेलेका कुशल मल्ल, करण केसी, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरालगायत खेलाडी अहिले नेपाली टिममा छन् ।

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपबाट नेपाल र हङकङले टी-२०आईमा डेब्यु गरेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै सानदार डेब्यु गरेको थियो । त्यसमा खेलमा डेब्यु गरेका सोमपाल कामी मात्र हाल नेपाली टिममा छन् ।

त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङकङले तीन खेल जितेको छ ।

२०१४ मा नेपाल र हङकङबीच भएको पहिलो टी-२० शृखंलाको एक मात्र खेलमा हङकङ २ विकेटले विजयी भएको थियो । २०१५ मा भएको आईसीसी टी-२० विश्वकप छनोटमा हङकङले नेपाललाई ५ विकेटले पराजित गरेको थियो ।

यस्तै २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा भने नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

Published Date: 19 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास