आजदेखि हलमा ‘परदेशी–२’ र ‘कौसीद’

आजदेखि हलमा ‘परदेशी–२’ र ‘कौसीद’ : Icon Khabar

काठमाडौं, असोज २७ । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘परदेशी–२’ र ‘कौसीद’ आज रिलिज भएका हुन् ।

‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । रमेश बिजीको लेखन रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् । गायनमा मज्जाले जमेका प्रकाश सपुतको पहिलो चलचित्र उनका लागि नयाँ करिअरको परीक्षा समेत हो ।

कुमार भाष्करको निर्देशन रहेको ‘कौसीद’ मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्र भने प्रचार बिना नै रिलिज भएको हो ।
Published Date: 14 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक