आजदेखि हलमा ‘परदेशी–२’ र ‘कौसीद’

आजदेखि हलमा ‘परदेशी–२’ र ‘कौसीद’ : Icon Khabar

काठमाडौं, असोज २७ । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘परदेशी–२’ र ‘कौसीद’ आज रिलिज भएका हुन् ।

‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । रमेश बिजीको लेखन रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् । गायनमा मज्जाले जमेका प्रकाश सपुतको पहिलो चलचित्र उनका लागि नयाँ करिअरको परीक्षा समेत हो ।

कुमार भाष्करको निर्देशन रहेको ‘कौसीद’ मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्र भने प्रचार बिना नै रिलिज भएको हो ।
Published Date: 14 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास