मनाङ एयर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको उपचार ह्याम्समा जारी, थप उपचारका लागि भारत लैजाने तयारी

मनाङ एयर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको उपचार ह्याम्समा जारी, थप उपचारका लागि भारत लैजाने तयारी : Icon Khabar

काठमाडौं, असोज २७ । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको ह्याम्स अस्पतालमा उपचार जारी छ ।

शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि आजै भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

अस्पतालका अनुसार साँझ साढे सात बजे उनलाई विमानमार्फत थप उपचारका लागि भारत लैजाने तयारी भएको हो । उनको उपचार इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर सबिन कोइरालाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको विज्ञप्तिमार्फत अस्पतालले जानकारी दिएको छ । उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको अस्पतालले जनाएको छ। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 October 2023
Website | + posts