तः मुँज्या प्रचारार्थ साइकल र्‍याली सम्पन्न (फोटो फिचर)

तः मुँज्या प्रचारार्थ साइकल र्‍याली सम्पन्न (फोटो फिचर) : Icon Khabar

भक्तपुर, असोज २७ । भक्तपुरमा दुई दिनसम्म हुने साहित्य सम्मेलन प्रचारार्थ साइकल र्‍याली सम्पन्न भएको छ । भक्तपुरको ल्यसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औं नेपालभाषा साहित्य तःमुँज्याको प्रचारार्थ साइकल र्‍याली भएको हो ।

“जनता म्वाःसा भाषा म्वाइ” भन्ने नाराका विगत ४२ वर्षदेखि नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । सोही कार्यक्रमको प्रचारार्थ असोज २७ गते शनिबार साइकल र्‍याली भएको हो ।

४० किलोमिटरको सो र्‍यालीले भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेको थियो । जसअन्तर्गत भक्तपुरको तःमुंज्या ग्वसाखलः (ल्यसिंख्य) बाट सुरू भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमार, नासमना, भार्वाच्व, च्वङा गणेश, राधे राधे, शंखधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमी, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, न्युरोड गेट, बसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल हुँदै पाटन ध्वाका, न्याखचुक लगायतका स्थानमा सम्मेलनको प्रचारार्थ साइकल र्‍याली भएको हो ।

त्यसैगरी न्याखचुकबाट पाटन, बंगलामुखी, स्वथा, मंगलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, सिरूटार, चित्रपुर, गाम्चा, पाण्डुबजार, सुर्यविनायक, राममन्दिर, गःहिती हुँदै ल्यसिंख्य नै पुगी समापन भएको थियो ।

गोर्खा इको प्यानलले प्रायोजन गरेको सो साइकल यात्राका लागि प्राविधिक सहयोग जुजु बाइक्सको रहेको थियो र साइकल कनेक्ट भक्तपुरले सहयोग गरेको थियो।

..

Published Date: 14 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास