कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा : Icon Khabar

मोरङ, असोज २७ । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

आज (शनिबार) पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको जानकारी दिए । कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको थापाले बताएका छन् ।

‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश ससदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहँदै आगामी दनमा क्रियाशील रहनेछु’ उनले राजीनामा पत्रमा भनेका छन् ।

कोशीमा दुई दुई पटक मुख्यमन्त्री बनेका थापाको दुबै पटकको सरकार सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । आफूले दुई पटक मुख्यमन्त्री बन्दा पनि आफूले त्यसलाई जोगाउन नसकेको स्वीकार गरेका छन् । अदालतले पदमुक्त गरेपछि आफूले त्यतिबेलै राजीनामा गर्नुपर्ने विचार गरे पनि विभिन्न कारणले ढिलो भएको थापाको भनाइ छ ।

थापाले केदार कार्की मुख्यमन्त्री भएकामा बधाइ दिएका छन् । उनले कार्की मुख्यमन्त्री भएकै दिन राजनीनामा दिनु संयोगमात्र भएको बताए । ‘यसमा कुनै आग्रह, पूर्वाग्रह छैन’ उनले भने । कोशीमा राजनीतिक घटनाक्रमको कारक आफू पनि भएको महसुस गरेर आफूले राजीद्दामा दिएको पनि थापाले बताए ।
राजीनामा पत्र
Published Date: 14 October 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता