कास्कीको मणिपाल अस्पताल तोडफोड गरेको अभियोगमा पक्राउ परेका दुई जना जेल चलान

कास्कीको मणिपाल अस्पताल तोडफोड गरेको अभियोगमा पक्राउ परेका दुई जना जेल चलान : Icon Khabar

कास्की, असोज २७ । मणिपाल अस्पतालका चिकित्सकमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ । अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका विनय गुरुङ र छावा भनिने सुशील कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य सात जना एक/एक लाख रुपियाँ धरौटीमा रिहा भएका छन् ।

यही असोज ८ गते अस्पतालमा तोडफोड गरेको अभियोगमा प्रहरीले नौ जनालाई पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइ सरकारी वकिल कार्यालयमा अभियोगपत्र पेस गरेको थियो ।

लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचार क्रममा मृत्यु भएपछि मृतकका आफन्तले डाक्टरको लापरबाही भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए । त्यसबेला अस्पतालमा झडपको स्थिति उत्पन्न भएको थियो । साथै डा. अनिल शाहमाथि आक्रमण हुँदा चिकित्सकहरू पनि आक्रोशित बने भने मृतकका आफन्त विरोध तथा तोडफोडमै उत्रिएका थिए ।

Published Date: 14 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक