फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट

फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट : Icon Khabar

काठमाडौं, असोज २७ । फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् । केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो ।

समूह बी मा ६ खेलबाट १८ अंक जोडेर फ्रान्स शीर्ष छ । पाँच खेलबाट ९ अंक रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । यस्तै समूह एफमा बेल्जियमले अष्ट्रियालाई ३-२ ले हराएर युरोकपमा स्थान बनाएको हो ।

बेल्जियमको जितमा डोडी लुकेबाकियोले दुई तथा रोमुलु लुकाकुले एक गोल गरे । अष्ट्रियाका लागि कोनरार्ड लाईमर र मार्सल सबितजारले गोल गरे ।

जितपछि बेल्जियम ६ खेलबाट १६ अंकसहित समूह एफको शीर्ष स्थानमा छ । अष्ट्रियाले मंगलबार अजरबैजानलाई हराएमा युरो कपमा छनोट हुनेछ ।

यसैगरी क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा पोर्चुगलले समूह जी को खेलमा स्लोभाकियालाई ३-२ ले हरायो । पोर्चुगलका लागि अर्को गोल गोन्कालो रामोसले गरे ।

जितपछि ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा रहेको पोर्चुगल तीन खेल अगावै युरोकपमा छनोट भएको हो ।

Published Date: 14 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक