फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट

फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट : Icon Khabar

काठमाडौं, असोज २७ । फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् । केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो ।

समूह बी मा ६ खेलबाट १८ अंक जोडेर फ्रान्स शीर्ष छ । पाँच खेलबाट ९ अंक रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । यस्तै समूह एफमा बेल्जियमले अष्ट्रियालाई ३-२ ले हराएर युरोकपमा स्थान बनाएको हो ।

बेल्जियमको जितमा डोडी लुकेबाकियोले दुई तथा रोमुलु लुकाकुले एक गोल गरे । अष्ट्रियाका लागि कोनरार्ड लाईमर र मार्सल सबितजारले गोल गरे ।

जितपछि बेल्जियम ६ खेलबाट १६ अंकसहित समूह एफको शीर्ष स्थानमा छ । अष्ट्रियाले मंगलबार अजरबैजानलाई हराएमा युरो कपमा छनोट हुनेछ ।

यसैगरी क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा पोर्चुगलले समूह जी को खेलमा स्लोभाकियालाई ३-२ ले हरायो । पोर्चुगलका लागि अर्को गोल गोन्कालो रामोसले गरे ।

जितपछि ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा रहेको पोर्चुगल तीन खेल अगावै युरोकपमा छनोट भएको हो ।

Published Date: 14 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास