रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना

रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौं, असोज २७ । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।

‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली घटस्थ्लमा पुग्दैछ, यात्रु कोइ नभएको कारणले मानवीय क्षति भएको छैन,’ सूचना अधिकारी भुलले भने ।

Published Date: 14 October 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास