सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना मृत्यु

सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना मृत्यु : Icon Khabar

झापा, असोज १८ । सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिम तालमा विस्फोट भइ टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १४ सर्वसाधारणको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

बाढीका कारण २३ भारतीय सेनासहित सय जना भन्दा बढी बेपत्ता छन् । बुधबार बिहान करिब साढे १ बजे टिस्टा उर्लिएर आएको थियो । ताल विस्फोटपछि उत्तरी सिक्किमको चुङ्थाङ भत्काएर बाढी टिस्टामा मिसिएको थियो । जसका कारण टिस्टा आसपासको डिक्चु, सिंगताम, राङ्पोलगायतका साना–ठूला सहर बाढीको चपेटामा परेका थिए ।

बाढीले राजमार्ग, विद्युत्, खानेपानी लगायतका पूर्वाधारमा पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

सिक्किमको बाढीले बंगालका चार जिल्ला प्रभावित भएका छन् । भारतीय समाचार संस्थाहरुका अनुसार टिस्टा ब्यारेजबाट ८ हजार घनमिटर प्रतिसेकेन्ड पानी छोडेपछि कालिम्पोङ, दार्जिलिङ, जलपाईगुडी र कुचबिहार जिल्ला डुबानमा परेका हुन् । भारतीय सेनाको सहयोगमा बाढी प्रभावितको उद्धार र बेपत्ताको खोजी तीव्र पारिएको सिक्किम प्रहरीले जनाएको छ ।

Published Date: 05 October 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय