सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना मृत्यु

सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना मृत्यु : Icon Khabar

झापा, असोज १८ । सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिम तालमा विस्फोट भइ टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १४ सर्वसाधारणको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

बाढीका कारण २३ भारतीय सेनासहित सय जना भन्दा बढी बेपत्ता छन् । बुधबार बिहान करिब साढे १ बजे टिस्टा उर्लिएर आएको थियो । ताल विस्फोटपछि उत्तरी सिक्किमको चुङ्थाङ भत्काएर बाढी टिस्टामा मिसिएको थियो । जसका कारण टिस्टा आसपासको डिक्चु, सिंगताम, राङ्पोलगायतका साना–ठूला सहर बाढीको चपेटामा परेका थिए ।

बाढीले राजमार्ग, विद्युत्, खानेपानी लगायतका पूर्वाधारमा पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

सिक्किमको बाढीले बंगालका चार जिल्ला प्रभावित भएका छन् । भारतीय समाचार संस्थाहरुका अनुसार टिस्टा ब्यारेजबाट ८ हजार घनमिटर प्रतिसेकेन्ड पानी छोडेपछि कालिम्पोङ, दार्जिलिङ, जलपाईगुडी र कुचबिहार जिल्ला डुबानमा परेका हुन् । भारतीय सेनाको सहयोगमा बाढी प्रभावितको उद्धार र बेपत्ताको खोजी तीव्र पारिएको सिक्किम प्रहरीले जनाएको छ ।

Published Date: 05 October 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड