दराज अनलाइन सपिङ्गद्वारा ‘दराज दशैं धमाका’ सार्वजनिक

दराज अनलाइन सपिङ्गद्वारा ‘दराज दशैं धमाका’ सार्वजनिक : Icon Khabar

काठमाडौँ, असोज १७ । नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । ग्राहकहरुलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्धेश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न सक्नेछ । साथै डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा लिन सक्ने समेत जनाएको छ । असोज १७ गतेबाट लागूहुने ‘दराज दशैं धमाका’मा ७० प्रतिशत सम्मको छुट, ७००० बराबरको भउचर जस्ता थुप्रै फाइदाहरु रहेको कम्पनीले जनाएको छ ।

दराज अनलाइन सपिङ्गले अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत (रु १,५०० सम्म)र क्रेडिट कार्डमा २० प्रतिशत (रु २,००० सम्म)को छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ्ग भउचर पनि प्रप्त गर्ने जनाएको छ । दशैं धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ्ग अनुभव सङ्गाल्दै जीवनमा उमङ्ग भर्ने अवसर भन्दै त्यसैले दराज परिवार सम्पूर्णलाई ‘दराज दशैं धमाका’मा सहभागी भएर मौकाको फाइदा लिन आग्रह समेत गरेको छ ।

दराजको बारेमा
सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एशियाकै उत्कृष्ट अन्लाइन सपिङ्ग प्लेटफर्म हो । हाल दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरि ५ देशहरुमा उपलब्ध छ । ३०,००० बिक्रेता र करीब ५०,००,००० ग्राहकहरुलाई जोड्दै दराजले अहिले २५,००,००० उत्पादनहरु बिक्री गर्ने गरेको छ । फेसन, खेलकुद, सौन्दर्य, देखि घरायसी सामान सम्मका उत्पादनहरु दरजले बिक्री गर्दै आएको छ ।
दराज अनलाइन सपिङ्गले थप जानकारीका www.daraz.com.np क्लिक गरि जानकारी लिन सक्ने छ  ।

Published Date: 04 October 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता