आज रातीबाट अमेरिकी डाइभर्सिटी भिसा (डीभी)आवेदन दिन सकिने

आज रातीबाट अमेरिकी डाइभर्सिटी भिसा (डीभी)आवेदन दिन सकिने : Icon Khabar

काठमाडौँ, असोज १७ । आज रातीबाट सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुल्ने भएकाे छ । अमेरिकी दूतावासले सूचना जारी गर्दै बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिने बताएकाे हाे ।

आज रातीबाट आगामी नाेभेम्बर ७ वा कात्तिक २१ गते राति १० बजेर ४५ मिनेटसम्म डीभीको लागि आवेदन दिन सकिनेछ । डीभीकाे आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएकाे छ ।

डीभी आवेदन भर्दा फाेटाे पछिल्लाे ६ महिनाभित्रकाे हुनुपर्ने र अघिल्लो वर्षको प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग नगर्न पनि दुतावासले बताएकाे छ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने समेत दूतावासले बताएको छ ।

डीभीकोलागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । आवेदनमा आवेदकको पति–पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानकाे समेत जानकारी दिनु अनिवार्य रहेको छ ।

दुतावासका अनुसार डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिनेछ। डिभी आवेदन प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने पनि दुतावासले जनाएकाे छ ।

याे सिजनमा छानिएका व्यक्तिहरूले २०२५काे सेप्टेम्बर ३० सम्ममा आफ्नाे आप्रवासी भिसाकाेलागि आवेदन दिने र प्राप्त गर्नुपर्ने पनि दुतावासले जनाएकाे छ । डिभी २०२५काे छनाेट २०२४काे मे महिनामा गरिने भएकाे छ ।

Published Date: 04 October 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड