आज रातीबाट अमेरिकी डाइभर्सिटी भिसा (डीभी)आवेदन दिन सकिने

आज रातीबाट अमेरिकी डाइभर्सिटी भिसा (डीभी)आवेदन दिन सकिने : Icon Khabar

काठमाडौँ, असोज १७ । आज रातीबाट सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुल्ने भएकाे छ । अमेरिकी दूतावासले सूचना जारी गर्दै बुधबार राति ९ः४५ बजेबाट डीभीको लागि आवेदन दिन सकिने बताएकाे हाे ।

आज रातीबाट आगामी नाेभेम्बर ७ वा कात्तिक २१ गते राति १० बजेर ४५ मिनेटसम्म डीभीको लागि आवेदन दिन सकिनेछ । डीभीकाे आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएकाे छ ।

डीभी आवेदन भर्दा फाेटाे पछिल्लाे ६ महिनाभित्रकाे हुनुपर्ने र अघिल्लो वर्षको प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग नगर्न पनि दुतावासले बताएकाे छ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने समेत दूतावासले बताएको छ ।

डीभीकोलागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । आवेदनमा आवेदकको पति–पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानकाे समेत जानकारी दिनु अनिवार्य रहेको छ ।

दुतावासका अनुसार डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिनेछ। डिभी आवेदन प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने पनि दुतावासले जनाएकाे छ ।

याे सिजनमा छानिएका व्यक्तिहरूले २०२५काे सेप्टेम्बर ३० सम्ममा आफ्नाे आप्रवासी भिसाकाेलागि आवेदन दिने र प्राप्त गर्नुपर्ने पनि दुतावासले जनाएकाे छ । डिभी २०२५काे छनाेट २०२४काे मे महिनामा गरिने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 October 2023
Website | + posts






ताजा
१२ कक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुरमा गाईजात्राका लागि तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयंले हटाउने
नेपालबाट सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष पनि बढ्यो
सोमबार नेप्से परिसूचक ८.६२ अंकले बढ्यो




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण