नेपाल कबड्डीको सेमिफाइनलमा, पदक पक्का

नेपाल कबड्डीको सेमिफाइनलमा, पदक पक्का : Icon Khabar

हाङझाउ, असोज १७ । हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह ‘बी’ को उपविजेता हुँदै बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । तीन टिम रहेको यो समूहमा जितसंगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । लगातार २ हारसंगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।

सेमिफाइनल प्रवेश गरेसंगै नेपालले कम्तीमा कांस्य पदक निश्चित गरेको छ । नेपालले सेमिफाइनलमा शुक्रबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईंबीच शुक्रबारै हुनेछ ।

Published Date: 04 October 2023


ताजा
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास