काठमाडौँ, असोज १६ । नेपालीका ठुला चाडपर्व (दसैँतिहार र छठ) मा चिनी अभाव नहुुने सरकारले जनाएको छ । बजारमा लगभग ५० हजार टन चिनी मौज्दात रहेकाले तत्कालै चिनीको अभाव नहुने बताइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा गठित तीन सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनमा सोबारेमा उल्लेख गरिएको हो ।
पछिल्ला १५/२० दिनयता बजारमा चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर अध्ययन सुरु गरेको थियो । अनुगमनको प्रारम्भिक प्रतिवेदन अनुसार बजारमा पर्याप्त चिनी हुँदाहुँदै पनि कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाएको पाइएको छ ।
विभागका अनुसार अहिले बजारका विभिन्न ठाउँका गोदाममा ५० हजार टन चिनी मौज्दात रहेको पाइएको छ । प्रारभ्मिक प्रतिवेदनमा यस परिमाणको चिनी मौज्दात रहेको भेटिए पनि पूर्ण प्रतिवेदन आउँदा अहिलेको परिणाममा तलमाथि हुन सक्ने विभागका महानिर्देशक तीर्थराज चिलवालले जानकारी दिए।
चिनीको मूल्य अध्ययन गर्न गठित समितिको पूर्ण प्रतिवेदन यो सातासम्म आउने उनको भनाइ छ । उनका अनुसार अध्ययन समितिले अध्ययनका क्रममा चिनीको उत्पादन लागत मूल्य, थोक मूल्य, खुद्रा मूल्यको विश्लेषण गरेर कुन तहमा भाउ महँगिएको हो, सबै हेरेर प्रतिवेदन तयार गर्ने छ ।
Published Date: 03 October 2023
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1