दशैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

दशैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर : Icon Khabar

काठमाडौँ, असोज १५ । २०८० सालको दशैं–तिहारको मौकामा सामसङ नेपालले “रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार” शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ। ४१% सम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको छ।

यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ, जसमा उत्तिकै आकर्षक क्यासब्याक अफारका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन्।

सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको छ र ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरु उत्तिकै आकर्षक अफारका साथ आफ्नो घरमा ल्याउन सक्छन्। ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने छन्।

होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने छन्। ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा रु.४१,६९० को बि४५० साउण्डबार सित्तैमा पाउने छन्।

सन् २०२० को ग्लोबल मार्केट सेयर (चीन बाहेक), ओम्डिया स्टडी जुन २०२१ अनुसार विश्वमा ग्लोबल नम्बर १ रेफ्रिजरेटर ब्रान्डको स्थान प्राप्त गरेको सामसङको साथ तपाईँ विश्वस्त हुन सक्नुहुन्छ कि सामसङ रेफ्रिजरेटरहरूले तपाईँको घरहरूमा स्टाइल र सुविधा ल्याउनेछन्।

मौसमले आवश्यकता होस् या कुनै पनि खानको आवश्यकतामा डबल डोर वा सिंगल डोर ५–इन–१ कन्भर्टेबल फ्रिजले तपाईँलाई जहिल्यै तयार राख्छ, र साइड–बाई–साइड फ्रिजले तपाईको घरलाई अझ सुविधायुक्त बनाउँछ र यी सबै फ्रिज ग्राहकहरूले आकर्षक क्यासव्यक अफरका साथ पाउन सक्नुहुन्छ।

एआइ इकोबबल घर ल्याई यसको इन्टेलिजेन्ट वास र पावरफुल क्लीनको कमाल आफ्नै आँखाले हेर्नुहोस्, इकोबबलको फ्रन्ट–लोड र टप–लोडका वाशिङ मेसिनहरूमा रहेको आकर्षक क्यासव्यक अफरको साथमा । यसको साथै कम्पनीले फ्रिजको डीआइटि कम्प्रेसर र वाशिङ मेसिनको डीआइटि मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ।

सामसङले आफ्नो यो अफर सबै ग्राहकको लागि सरल बनाउनको लागि झन्झट रहित ०% ब्याज भएको ईएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ। अर्कोस्टोरसँगकोे सहकार्य मार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनहरूमा अपग्रेड गर्दा बेस्ट भ्यालुयसन् अन एक्सचेन्ज सेवाको पनि फाइदा उठाउन सक्ने छन्।

मङ्सिर ४, २०८० सम्म रहेको यो अफर नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको हो ।

सामसङ इलेक्ट्रोनिक्स को. लि.को बारेमा

सामसङले परिवर्तनकारी सोचहरू र प्रविधिहरूका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभी, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनः परिभाषित गर्दछ । सामसङको सम्बन्धमा नयाँ नयाँ जानकारीहरू तपाईँले https://news.samsung.com/in/को सामसङ समाचार कक्षबाट प्राप्त गर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2023
Website | + posts