स्पेनको एउटा नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

स्पेनको एउटा नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु : Icon Khabar

मेड्रिड, असोज १५ । दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् ।

बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी समाचार समिति ईएफईले जनाएको छ । आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन ।

मर्सियाको अग्नि सर्भिसले साझा गरेको भिडियोमा अग्निशमनकर्ताहरूले नाइटक्लबभित्र लागेको आगोलाई निभाउने प्रयास गरिरहेको देखाइएको छ ।

प्रहरी र आपतकालीन सेवाहरूले सम्भावित क्षतिबाट जोगाउन क्लबको भित्री भाग सुरक्षित गर्ने प्रयास गरिरहेका थिए । साथै उनीहरूले आगलागीमा परी निधन भएका शवहरू पत्ता लगाउन र पहिचान गर्ने प्रयास गरिरहेका थिए ।

अधिकारीहरूले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

नाइटक्लबमा भएको उक्त दुर्घटनापछि सिटी काउन्सिलले तीन दिनको शोकको घोषणा गर्दै मर्सिया क्षेत्रका सरकारी भवनहरूमा तीन दिनसम्म आधा झन्डा झुकाउने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न