सर्वस्वसहित जेल सजाय पाएकालाई आममाफी दिएकोमा राष्ट्रपतिलाई रास्वपाको ध्यानाकर्षण पत्र

सर्वस्वसहित जेल सजाय पाएकालाई आममाफी दिएकोमा राष्ट्रपतिलाई रास्वपाको ध्यानाकर्षण पत्र : Icon Khabar

काठमाडौं, असोज १५ । गत संविधान दिवसको अवसर पारेर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेकालाई राष्ट्रपतिद्वारा आममाफी दिइएको विरोधमा राष्ट्रपतिको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू आज राष्ट्रपति कार्यालय पुगेका छन्।

जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण गराउन रास्वपाका नेताहरु राष्ट्रपति कार्यालय पुगेका हुन् ।

ध्यानाकर्षण पत्र बुझाउन रास्वपा सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरू शितल निवास पुगेका हुन् ।

कर्तव्य ज्यानजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई संविधान दिवसमा उन्मुक्ति दिने परिपाटी अन्त्यका लागि रास्वपाले संसदमा संकल्प प्रस्तावसमेत दर्ता गर्दैछ ।

रास्वपाले बुझाएको ध्यानाकर्षणपत्रमा सजाय माफीसम्बन्धी कानुन निर्माण गर्दा विधायकले राखेको मनसायलाई मनन गरी संवैधानिक तथा कानूनी व्यवस्थाको पालना गर्न–गराउन सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई आग्रह गरिएको छ ।

पत्रमा सजाय माफी, मुलतबी, परिवर्तन तथा कम गर्न कानूनले नै निषेध गरेका व्यक्तिको स्वार्थप्रेरित रिहाइलाई रोकी राज्यमा कानुनी राज्य, शान्ति सुव्यवस्था र न्यायको प्रत्याभूति आम जनतामा अनुभूत गराउन आवश्यक कानूनी व्यवस्था स्थापना तथा परिमार्जनका लागि सरकारको ध्यानाकर्षण गराउन भनिएको छ।

त्यस्तै, पत्रमा सरकारबाट भएका सिफारिस संविधानसम्मत भए–नभएको सन्दर्भ यकिन गरेर मात्र अनुमोदनका लागि पठाउन सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।

Published Date: 02 October 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता