आइतबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घट्यो

आइतबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, असोज १४ । सुनको भाउमा भारी गिरावट आएको छ ।

पछिल्लो ५ दिनमा मात्रै सुनको भाउ ४ हजार २०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार, बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला ४००, ८००, १४ सय र ८०० रुपैयाँले घटेको थियो ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर तोलाको १३ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 October 2023
Website | + posts




ताजा
देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक
सोमबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्यो
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित