क्रिकेटमा नेपालद्वारा माल्दिभ्स १३८ रनको फराकिलो अन्तरले पराजित

क्रिकेटमा नेपालद्वारा माल्दिभ्स १३८ रनको फराकिलो अन्तरले पराजित : Icon Khabar

काठमाडौं, असोज १४ । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरको छ ।

अभिनाश बोहराले ६ विकेट लिएपछि उक्त खेलमा नेपालले मालदिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको थियो । नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स अन्तिम ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो ।

नेपालको जीतमा नायक बनेका अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न महत्वपूर्ण योगदान दिए । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ५ विकेट लिए । नेपालका लागि सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

माल्दिभ्सका मात्र तीन खेलाडीले दोहोरो अंकमा रन बनाए । मुभियाथ गानीले ३६ रन बनाए भने रसिद रासमले १२ रन तथा फरिद सिउसले १० रनको योगदान दिए । माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् ।

आजको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । नेपालको यो उच्च योगफलमा कुशल भूर्तेलले १८ बलमा ३५ रनको योगदान दिए भने गुल्शन झाले २१ बलमा ३५ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ५२ रनको योगदान दिए भने कुशल मल्लले २० रनमा विष्फोटक ४७ रन बनाए ।

Published Date: 01 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु