क्रिकेटमा नेपालद्वारा माल्दिभ्स १३८ रनको फराकिलो अन्तरले पराजित

क्रिकेटमा नेपालद्वारा माल्दिभ्स १३८ रनको फराकिलो अन्तरले पराजित : Icon Khabar

काठमाडौं, असोज १४ । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरको छ ।

अभिनाश बोहराले ६ विकेट लिएपछि उक्त खेलमा नेपालले मालदिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको थियो । नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स अन्तिम ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो ।

नेपालको जीतमा नायक बनेका अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न महत्वपूर्ण योगदान दिए । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ५ विकेट लिए । नेपालका लागि सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

माल्दिभ्सका मात्र तीन खेलाडीले दोहोरो अंकमा रन बनाए । मुभियाथ गानीले ३६ रन बनाए भने रसिद रासमले १२ रन तथा फरिद सिउसले १० रनको योगदान दिए । माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् ।

आजको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । नेपालको यो उच्च योगफलमा कुशल भूर्तेलले १८ बलमा ३५ रनको योगदान दिए भने गुल्शन झाले २१ बलमा ३५ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ५२ रनको योगदान दिए भने कुशल मल्लले २० रनमा विष्फोटक ४७ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 October 2023
Website | + posts


ताजा
फिल्म ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक
आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू