निओ फ्युजन बाजा समूहको अध्यक्षमा सबिन निर्वाचित

निओ फ्युजन बाजा समूहको अध्यक्षमा सबिन निर्वाचित : Icon Khabar

भक्तपुर, असोज १३ । निओ फ्युजन बाजा समूह लिवालि भक्तपुरको अध्यक्षमा धाँ बाजाका प्रशिक्षक सबिन लेबा निर्वाचित भएका छन् । लिवालीस्थित शनिबार भएको प्रथम अधिवेशन २०८० बाट लेबाको अध्यक्षतामा ४१ जनाको नयाँं कार्यससमिति गठन भएको हो ।

यसभन्दा पहिला प्रतिस्पर्धी धिमे बाजा प्रशिक्षक उगेन बोयजुलाई हराउँंदै सविनले विजयी भएका थिए । यसअघि पनि पराजित उगेन अध्यक्ष थिए । दुईवटा बाहेक अरु सवै पदका लागि निर्वाचन भएको थियो । निर्वाचनबाट उपाध्यक्षमा विराज लोहला, सचिवमा प्रिजेन्ट कर्माचार्य, सहसचिवमा रेहान दुवाल, कोषध्यक्षमा उमेश कर्मचार्य, सहकोषाध्यक्ष रोशन खयामली निर्वाचित भए ।

प्रतिस्पर्धीहरु क्रमश उपाध्यक्षमा रुपेश श्रेष्ठ र सचिवमा राजन लिबीलाई हराउँंदै उनीहरु विजयी भएका थिए । सहसचिव रेहान दुवाल र कोषध्यक्षमा उमेश कर्मचार्य सर्वसम्मत भएका थिए । सह कोषाध्यक्षमा रोशन खयामली निर्वाचित भए । उनको प्रतिपक्षमा रञ्जित भलजु रहेका थिए ।

निर्वाचनबाट सल्लाहकारमा निओ फ्युजना स्कुल अफ कम्प्युटरका संचालक बालकृष्ण बनमाला, नवदुर्गा धिमे बाजा समूहका अध्यक्ष लक्ष्मीप्रसाद बनमाला, किसन दुकछु छानिएका छन् । कार्यसमितिका बाकी ३२ जना सदस्य रहेका छन् ।

निओ फ्युजन बाजा समूहको स्थापना २०७५ सालमा भएको थियो । यसले २०७६ सालदेखि निरन्तर रुपमा सक्रिय भएर काम गरिरहेको छ । यसले ४ चोटी धिमे बाजा प्ररिक्षण, २ पटक धाँ बाजा र १ पटक पछिंमा बाजाको प्रशिक्षण दिइसकेको छ ।

सल्लाहकार बालकृष्ण बनमालाले विभिन्न कार्यक्रमहरु गर्दै लैजाने बताए । नयाँ कार्यसमितिले आफैं सम्पदा पदयात्रा गर्ने, विविध कार्यक्रममा सहभागी हुने, अन्य प्रतियोगितामा सहभागी हुने जनाए । साथै बनभोज कार्यक्रम प्रस्ताव गरी बनभोज गर्ने योजना रहेको बताए । यसवर्ष नीतिगत रुपमा बाजा समूहलाई नगरपालिकामा दर्ता गर्ने योजना रहेको बनमालाले बताए । त्यस्तै कार्यसमिति दुई वर्षमा निर्वाचन हुने उनले बताए ।

Published Date: 30 September 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ