कीर्तिमानी युवा क्रिकेटर कुशल र दीपेन्द्रलाई २–२ लाख दिने रोयल ब्लूको घोषणा

कीर्तिमानी युवा क्रिकेटर कुशल र दीपेन्द्रलाई २–२ लाख दिने रोयल ब्लूको घोषणा : Icon Khabar

काठमाडौँ, असाेज ११ । एसियन गेम्समा नेपालका लागि विश्व कीर्तिमानी प्रदर्शन गरेका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई रोयल ब्लूले २–२ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ ।

आज भएको मङ्गोलियाविरुद्धको खेलमा मल्ल र ऐरीको उत्कृष्ट पारीको मद्दतले नेपालले २ सय ७३ रनको विशाल जित हासिल गरेको थियो । खेलमा कुशल मल्लको उत्कृष्ट प्रदर्शनमा अविस्मरणीय इनिङ्स समावेश थियो जसले छोटो बलमा विश्व कीर्तिमान तोड्ने अर्धशतक बनाएको थियो भने दीपेन्द्र सिंह ऐरीको ब्लिट्जक्रेग इनिङ्सले १० बलमा अविजित ५२ रन बनाएको थियो।

नेपालका अलराउण्डर कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन्। उनले ३४ बलमा ६ चौका र ९ छक्का मद्दतले शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन्।

त्यस्तै, दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका थिए। उनले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडेका हुन् ।

दुवै खेलाडीले क्रिकेट कौशलको असाधारण प्रदर्शन गरेको भन्दै रोयल ब्लूले उल्लेखनीय उपलब्धिहरूलाई सम्मान गर्न लागेको जनाएको हो । विश्वभरका फ्यानहरूको मन जित्ने प्रदर्शन गर्दै कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले क्रिकेट संसारमा नयाँ मापदण्ड कायम गरेको कम्पनीले बताएको छ ।

उत्कृष्टता र “परफेक्टली स्मूथ“ उत्पादनहरूप्रति प्रतिबद्धताका लागि चिनिने ब्रान्ड “रोयल ब्लु“ले खेलाडीको अविश्वसनीय उपलब्धिहरूको कदरस्वरूप कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई नगद सम्मान गर्न पाउँदा हर्षित भएको जनाएको छ । पुरस्कार घोषणा पछि रोयल ब्लूका ब्रान्ड हेड ऋतिक शाहीले कुशल र दीपेन्द्रले क्रिकेट मैदानमा गरेका असाधारण उपलब्धिहरूका लागि अत्यन्तै गर्वित बनेको र उनीहरूको उल्लेखनीय प्रदर्शनले नेपाली क्रिकेटको महिमा मात्र नबढाई क्रिकेट उत्साहीहरूको एक पुस्तालाई नै प्रेरित गरेको बताए ।

नेपालले बनाएका रेकर्ड

सर्वाधिक स्कोरः सो खेलमा नेपालले टी–२० आईमा हालसम्मकै सर्वाधिक ३१४ रन बनाएको छ। यस अघि आयरल्याण्ड विरुद्ध अफगानिस्तानले र टर्की विरुद्ध चेक रिपब्लिकले २७८ रन बनाएका थिए।

सर्वाधिक रनरेटः सो खेलमा नेपालको रनरेट प्रतिओभर १५.७ रहेको थियो। नेपालले अफगानिस्तानको १३.९ रनरेट तोडेको हो।

३४ बलमै शतकः सो खेलमा कुशल मल्लले ३४ बलमा नै शतक बनाएर रेकर्ड राखेका छन्। उनले भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकका सुदेश विक्रमसेखरको ३५ बलमा शतक बनाएको रेकर्ड तोडेका हुन्।

९ बलमा अर्धशतकः दीपेन्द्रसिंह ऐरीले पनि ९ बलमा नै अर्धशतक बनाएर विश्वकीर्तिमान राखेका छन्।  उनले भारतका युवराज सिंहको १२ बलमा ५० रनको रेकर्ड तोडेका हुन्।

फराकिलो जितः नेपालले मंगोलियालाई २७३ रनले हराएको थियो। यो हालसम्मकै फराकिलो जित हो। यस अघि चेक रिपब्लिकलाई २५७ रनको अन्तरले हराएको थियो।

सर्वाधिक छक्काः सो खेलमा नेपालले सर्वाधिक छक्काको रेकर्ड पनि बनाएको छ। यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध, अफगानिस्तानले आयरल्यान्ड र वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध समान २२ छक्का प्रहार गरेका थिए।

सर्वाधिक तेस्रो विकेटको साझेदारीः कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि सर्वाधिक १९३ रनको साझेदारी गरेका थिए।

कीर्तिमानी स्ट्राइक रेटः नेपालले मंगोलियाको खेलमा सर्वाधिक स्ट्राइक रेटको रेकर्ड बनाएका थिए। उनले ५२० स्ट्राइक रेटमा ब्याटिङ्ग गरेका थिए।

डेथ ओभरमा सर्वाधिक रनः डेथ ओभरमा सर्वाधिक रन बनाउने रेकर्ड पनि नेपालको नाममा लेखिएको छ। सो खेलमा खेलाडीले सर्वाधिक ८९ रन बनाएका थिए।

अन्तिम १० ओभरमा सर्वाधिक रनः नेपालले अन्तिम १० ओभरमा सर्वाधिक रन बनाउने रेकर्ड पनि बनाएको छ। नेपाली खेलाडीले अन्तिम १० ओभरमा १९२ रन बनाएको थियो।

शतक बनाउने दोस्रो कान्छो खेलाडीः कुशल मल्लले पुरुष टी–२० आई मा शतक बनाउने दोस्रो कान्छो खेलाडी बनेका छन्। उनले १९ वर्ष २०६ दिनको हुँदा शतक बनाएका हुन्। शतक बनाउने सबैभन्दा कान्छो खेलाडी भने फ्रान्सका रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 September 2023
Website | + posts