अब बैंकले दैनिक २० किलोग्राम सुन आयात गर्नसक्ने

अब बैंकले दैनिक २० किलोग्राम सुन आयात गर्नसक्ने : Icon Khabar

काठमाडौँ, असोज १० । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दैनिक २० किलो सुन आयात गर्न पाउने गरी निर्देशन जारी गरेको छ।

केन्द्रिय बैंकले यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था गरेकोमा बुधबारदेखि दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था गरेको हो।

केन्द्रिय बैंकले कुनै महिना एक महिनामा सिमा ननाघ्ने गरी एकमुष्ट रुपमा समेत सुन आयात गर्न पाउने व्यवस्था गरेको छ तर महिना वितिसकेपछि दैनिक कोटाअनुसार आयात नभएको सुन अर्को महिना आयात गर्न नपाउने व्यवस्था गरेको छ।

चालु आर्थिक वर्षको पहिलो २ महिनामा बैंकहरुले २०० किलो सुन आयात गरेका छन्। गत वर्षको तुलनामा सुनको आयात झनै घटेको छ। राष्ट्र बैंकले राखेको कोटाभन्दा पनि सुन आयात कम भएको देखिन्छ।

 

Published Date: 27 September 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक