अब बैंकले दैनिक २० किलोग्राम सुन आयात गर्नसक्ने

अब बैंकले दैनिक २० किलोग्राम सुन आयात गर्नसक्ने : Icon Khabar

काठमाडौँ, असोज १० । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दैनिक २० किलो सुन आयात गर्न पाउने गरी निर्देशन जारी गरेको छ।

केन्द्रिय बैंकले यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था गरेकोमा बुधबारदेखि दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था गरेको हो।

केन्द्रिय बैंकले कुनै महिना एक महिनामा सिमा ननाघ्ने गरी एकमुष्ट रुपमा समेत सुन आयात गर्न पाउने व्यवस्था गरेको छ तर महिना वितिसकेपछि दैनिक कोटाअनुसार आयात नभएको सुन अर्को महिना आयात गर्न नपाउने व्यवस्था गरेको छ।

चालु आर्थिक वर्षको पहिलो २ महिनामा बैंकहरुले २०० किलो सुन आयात गरेका छन्। गत वर्षको तुलनामा सुनको आयात झनै घटेको छ। राष्ट्र बैंकले राखेको कोटाभन्दा पनि सुन आयात कम भएको देखिन्छ।

 

Published Date: 27 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास