नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, एक नेपालीको भागमा ७९ हजार २०१ रुपैयाँ ऋण

नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, एक नेपालीको भागमा ७९ हजार २०१ रुपैयाँ ऋण : Icon Khabar

काठमाडौं, असोज १० । नेपालको सार्वजनिक ऋण झन् बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ पुगेको हो ।

उक्त ऋणमध्ये ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ६९ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बाह्य ऋण रहेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको २ महिनामै सरकारले ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ ऋण थपेको छ ।

गत असार मसान्तसम्म भने कुल ऋण २२ अर्ब ९९ करोड ३५ लाख २५ हजार रुपैयाँ रहेको थियो । यो दुई महिनाको अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ सार्वा पनि भुक्तानी गरेकोे छ ।यद्दपि, सावाँ भुक्तानी भन्दा बढी नयाँ ऋण थपिएपछि समग्र ऋण २३ अर्ब नाघेको हो । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब रुपैयाँ हाराहारीमा रहेको छ ।

यसआधारमा हेर्ने हो भने नेपालको ऋण जीडीपीको ४३.५८% हुन आउँछ । यता, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को आधारमा हेर्ने हो भने एक नेपालीको भागमा ७९ हजार २०१ रुपैयाँ ऋण पर्ने देखिन्छ ।

Published Date: 27 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी