बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग गर्न कर्मचारीहरुलाई गृह मन्त्रालयको निर्देशन

बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग गर्न कर्मचारीहरुलाई गृह मन्त्रालयको निर्देशन : Icon Khabar

काठमाडौं, असोज १० । गृह मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई बिहान कार्यालय सयम सुरु भए पछि १५ मिनेट योग अभ्यास गर्न भन्दै परिपत्र गरेको छ ।

बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ ।

यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो । निर्देशनअनुसार कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगअभ्यास गर्नुपर्ने भएको छ ।

मन्त्रालयले मन्त्रायल, विभाग र उपत्यकाभिका कार्यालयहरुका लागि एक दिवशीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीहरुका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको बताएको छ ।

मन्त्रलयले सबै कर्मचारीलाई योगअभ्यास प्रशिक्षण दिएपछि सोही अनुरुपा योग र ध्यान गर्ने वातावरण बनाउन पनि परिपत्रमा भनिएको छ ।

Published Date: 27 September 2023


ताजा
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास