बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग गर्न कर्मचारीहरुलाई गृह मन्त्रालयको निर्देशन

बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग गर्न कर्मचारीहरुलाई गृह मन्त्रालयको निर्देशन : Icon Khabar

काठमाडौं, असोज १० । गृह मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई बिहान कार्यालय सयम सुरु भए पछि १५ मिनेट योग अभ्यास गर्न भन्दै परिपत्र गरेको छ ।

बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ ।

यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो । निर्देशनअनुसार कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगअभ्यास गर्नुपर्ने भएको छ ।

मन्त्रालयले मन्त्रायल, विभाग र उपत्यकाभिका कार्यालयहरुका लागि एक दिवशीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीहरुका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको बताएको छ ।

मन्त्रलयले सबै कर्मचारीलाई योगअभ्यास प्रशिक्षण दिएपछि सोही अनुरुपा योग र ध्यान गर्ने वातावरण बनाउन पनि परिपत्रमा भनिएको छ ।

Published Date: 27 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक