इराकमा विवाह समारोहमा आगलागी हुँदा १ सयको मृत्यु

इराकमा विवाह समारोहमा आगलागी हुँदा १ सयको मृत्यु : Icon Khabar

काठमाडौँ, असोज १० । इराकको उत्तरी क्षेत्रस्थित एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । घटनास्थलमा अहिले उद्धार टोली खटिए पनि आगलागीको कारण भने सार्वजनिक भएको छैन ।

इराकको निनेभे प्रान्तस्थि काराकोस जिल्लाको उक्त घटनामा १ सय ५० जना घाइते भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । इराकको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । साथै उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ४५ मिनेटमा आगलागी सुरु भएको हो । यद्यपि स्थानीय अधिकारीहरूले घाइतेकको संख्याबारे मिश्रित तथ्यांक दिएका छन् । आगलागीबाट नवविवाहित जोडी पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहको पार्टी भइरहेको ब्यांक्वेट हलमा आगलागी छोटो समयमै फैलिएको थियो । इराकी रेड क्रिसेन्टले भने ४ सय ५० भन्दा धेरैको हताहत भएको तर कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक सार्वजनिक गर्न कठिन रहेको जनाएको छ । स्थानीय पत्रकारहरूले घटनास्थलबाट धेरै बेरसम्म एम्बुलेन्सबाट दर्जनौं घाइतेको उद्धार गरिएको बताएका छन् ।

विवाह समारोहमा उपस्थित प्रत्यक्षदर्शीहरूले सिंगो हल नै आगोले भरिएको प्रतिक्रिया दिएको पाकिस्तानी सञ्चारमाध्यम डन न्युजको समाचारमा उल्लेख छ । घटनापछि इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले विज्ञप्ति जारी गर्दै पीडितको उद्धारका लागि सम्पूर्ण उद्धारका प्रयास परिचालन गर्न गृह र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

इराकमा यसअघि २०२१ मा कोरोना महामारीका बेला दक्षिणी क्षेत्रमा रहेको एक अस्पतालमा यस्तै भीषण आगलागी हुँदा ६० जनाभन्दा धेरैको मृत्यु भएको थियो । सोही वर्ष अप्रिलमा अक्सिजन ट्यांक विस्फोट भएर आगलागी हुँदा ८० जनाभन्दा धेरैको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न