बुधबार नेप्से परिसूचक १८.६० अंकले घट्यो

बुधबार नेप्से परिसूचक १८.६० अंकले घट्यो : Icon Khabar

काठमाडौं, असोज १० । नेप्से परिसूचक बुधबार १८.६० विन्दुले घटेर २००४.३० अंकमा आएको छ ।

एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् ।
आज २८२ कम्पनीको ७० लाख ६१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2023
Website | + posts