नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति : Icon Khabar

काठमाडौं, असोज ९ । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको सम्झौता गरेको हो ।

चीनको पुरानो औद्योगिक सहर उसीलाई औद्योगिक हब मानिन्छ । नेपाल चाइना चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ र उसी सीसीपीआईटीका उपाध्यक्ष वाङ सिसोङले मंगलबार आयोजित एक समाराोहमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

उसी पूर्वी चीनको सांघाई नजिकैको सहर हो । जुन चीनको सबैभन्दा ठूलो ताजा पानीको तालहरू मध्ये एक, ताइहुको किनारमा अवस्थित छ भने यहाँ रहेको लिङ्शान पार्कमा ८० मिटर अग्लो भव्य बुद्ध मूर्ति पनि छ । बुद्ध जन्मस्थल लुम्बिनीप्रति उसी क्षेत्रका चिनियाँ नागरिकको रुचि रहेको र सो क्षेत्रबाट नेपालमा ठूलो संख्यामा पर्यटक ल्याउन सकिने नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार उसी सीसीपीआईटीसँग भएको सम्झौता अनुसार नेपाली व्यवसायीले त्यहाँ हुने व्यापार मेलामा सहभागी हुन पाउने छन् भने नेपालको पर्यटन क्षेत्रको विकासमा त्यहाँका व्यवसायीले लगानी गर्नेछन् । यस्तै, व्यवसायीहरुबीच द्विपक्षीय भ्रमण तथा व्यापार एवं लगानी सम्भाव्यताका लागि सहकार्य गरिने सहमतिपत्रमा उल्लेख छ । कृषि क्षेत्रमा उसीको अनुभव तथा प्रविधि नेपालमा भित्र्याएर कृषिजन्य वस्तुको निकासीमा योगदान पुर्याउन सहकार्य गरिने सहमतिमा जनाइएको छ ।

निवर्तमान अध्यक्ष श्रेष्ठका अनुसार उसी क्षेत्रको औद्योगिक आर्थिक विकासको अनुभव नेपालका लागि उपयोगी हुने र नेपालमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सहयोग पुग्ने उद्देश्यले यो सहमति गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने