दराज नेपालद्वारा ‘दराज क्यान्डी’ नामक अनलाईन खेल सार्वजनिक

दराज नेपालद्वारा ‘दराज क्यान्डी’ नामक अनलाईन खेल सार्वजनिक : Icon Khabar

काठमाडौं, असोज ९ । दराज नेपालले ‘खेल्दै छुट पाउँदै’ भन्दै ‘दराज क्यान्डी’ नामक अनलाईन खेल सार्वजनिक गरेको छ । यो संगै दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेल संगै खेल पनि खेल्न पाउने भएका छन् । दराज नेपालले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरुलाई एपमा थप संलग्न गराउने उदेश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाईन खेल सार्वजनिक गरेको हो ।

यो दराज एपका प्रयोगकर्ताहरुले सजिलै खेल खेल्न सक्छन् । यो खेलमा प्रयोगकर्ताहरुले तिन वा त्यो भन्दा घेरै एकै रंगका क्यान्डीहरुलाई एकै ठाँउमा मिलाउनु पर्छ । यसरी मिलाए पछि मिलेका क्यान्डीहरु हराउछन् र माथिका बाँकी क्यान्डीहरु खाली ठाँउमा झर्छन् । यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्छन् जुन उनिहरुको खेलको आधारमा हरेक दिन उनिहरुलाई प्रदान गरिन्छ । दराज लोयल्टी कल्बका सदस्यहरुले यो जेम्को प्रयोग गरि दराजका सामानहरुमा विशेष छुट प्राप्त गर्न सक्छन् ।

दराजको बारेमा

सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एशियाकै उत्कृष्ट अन्लाइन सपिङ्ग प्लेटफर्म हो । हाल दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरि ५ देशहरुमा उपलब्ध छ । ३०,००० बिक्रेता र करीब ५०,००,००० ग्राहकहरुलाई जोड्दै दराजले अहिले २५,००,००० उत्पादनहरु बिक्री गर्ने गरेको छ । फेसन, खेलकुद, सौन्दर्य, देखि घरायसी सामान सम्मका उत्पादनहरु दरजले बिक्री गर्दै आएको छ ।

Published Date: 26 September 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता