दराज नेपालद्वारा ‘दराज क्यान्डी’ नामक अनलाईन खेल सार्वजनिक

दराज नेपालद्वारा ‘दराज क्यान्डी’ नामक अनलाईन खेल सार्वजनिक : Icon Khabar

काठमाडौं, असोज ९ । दराज नेपालले ‘खेल्दै छुट पाउँदै’ भन्दै ‘दराज क्यान्डी’ नामक अनलाईन खेल सार्वजनिक गरेको छ । यो संगै दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेल संगै खेल पनि खेल्न पाउने भएका छन् । दराज नेपालले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरुलाई एपमा थप संलग्न गराउने उदेश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाईन खेल सार्वजनिक गरेको हो ।

यो दराज एपका प्रयोगकर्ताहरुले सजिलै खेल खेल्न सक्छन् । यो खेलमा प्रयोगकर्ताहरुले तिन वा त्यो भन्दा घेरै एकै रंगका क्यान्डीहरुलाई एकै ठाँउमा मिलाउनु पर्छ । यसरी मिलाए पछि मिलेका क्यान्डीहरु हराउछन् र माथिका बाँकी क्यान्डीहरु खाली ठाँउमा झर्छन् । यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्छन् जुन उनिहरुको खेलको आधारमा हरेक दिन उनिहरुलाई प्रदान गरिन्छ । दराज लोयल्टी कल्बका सदस्यहरुले यो जेम्को प्रयोग गरि दराजका सामानहरुमा विशेष छुट प्राप्त गर्न सक्छन् ।

दराजको बारेमा

सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एशियाकै उत्कृष्ट अन्लाइन सपिङ्ग प्लेटफर्म हो । हाल दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरि ५ देशहरुमा उपलब्ध छ । ३०,००० बिक्रेता र करीब ५०,००,००० ग्राहकहरुलाई जोड्दै दराजले अहिले २५,००,००० उत्पादनहरु बिक्री गर्ने गरेको छ । फेसन, खेलकुद, सौन्दर्य, देखि घरायसी सामान सम्मका उत्पादनहरु दरजले बिक्री गर्दै आएको छ ।

Published Date: 26 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक