सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकियो, भोलिबाट थुनछेक बहस सुरु हुने

सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकियो, भोलिबाट थुनछेक बहस सुरु हुने : Icon Khabar

काठमाडौँ, असोज ९ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले रातोपाटीलाई बताए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको हो । सुन प्रकरणमा बुधवारबाट थुनछेक बहस सुरु हुने सूचना अधिकारी दाहालले जानकारी दिए ।

चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक हुन् ।

तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ ।

Published Date: 26 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक