आलिया भट्टको नयाँ फिल्म ‘जिगरा’ को फर्स्ट लूक टीजरमा सार्वजनिक

आलिया भट्टको नयाँ फिल्म ‘जिगरा’ को फर्स्ट लूक टीजरमा सार्वजनिक : Icon Khabar

मुम्बई, असोज ९ । अभिनेत्री आलिया भट्टको नयाँ फिल्म ‘जिगरा’ को फर्स्ट लूक टीजरमा सार्वजनिक भएको छ । केहि सेकेन्डको टीजरमा आलियालाई रफ एण्ड टफ लूकमा देखिएको छ ।

यसका साथै टीजरमा आलियाले बोलेका केही संवाद पनि समावेश गरिएको छ, जुन दमदार छन् । संवादबाट फिल्म दिदी–भाइको कथामा आधारित छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।

यो फिल्मको टीजर रिलिजसंगै आलियाले एउटा अर्को ठूलो घोषणा गरेकी छिन् ।

‘जिगरा’ को टीजर शेयर गर्दै आलियाले क्याप्शनमा लेखेकी छिन् – ‘जिगरालाई लोकप्रिय निर्देशक भसन बालाले निर्देशन गरेका छन् र यसलाई धर्मा मूभिज, सनसाइन प्रोडक्शनबाहेक म आफैँले पनि निर्माण गरेकी छु । धर्मा प्रोडक्शनबाट आफ्नो करियरको शुरुवात र अहिले यहिसंगै फिल्म प्रोड्यूस गर्नु, एउटा चक्र घुमेर पुनः त्यहिँ आइपुगेको छ, जहाँबाट मैले शुरुवात गरेकी थिएँ भन्ने महसुस भइरहेको छ । हरेक दिन पहिले भन्दा भिन्दै हुन्छ । केवल अभिनयमात्र नभइ निर्माताको रुपमा पनि म धेरै खुशी छु र उत्साहित पनि छु ।’

आलियाले बोलेका संवाद अहिले चर्चामा छन् । ‘जिगरा’ को टीजरमा आलियाको संवादमा भनिएको छ– ‘हेर मलाई, तिमी मैले लगाइदिएको राखि लगाउँँछौ । तिमी मेरो प्रोटेक्शनमा छौं । तिमीलाई म केहि पनि हुन दिन्न ।’

जिगरामा आलिया अन्य फिल्ममा भन्दा भिन्दै देखिएकी छिन् । उनले एउटा हातमा ब्याग बोकेर, शर्ट र जिन्स लगाएको देखिन्छ । उनले बोलेको संवादले फिल्मको कथातर्फ संकेत गर्छ ।

Published Date: 26 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक