आलिया भट्टको नयाँ फिल्म ‘जिगरा’ को फर्स्ट लूक टीजरमा सार्वजनिक

आलिया भट्टको नयाँ फिल्म ‘जिगरा’ को फर्स्ट लूक टीजरमा सार्वजनिक : Icon Khabar

मुम्बई, असोज ९ । अभिनेत्री आलिया भट्टको नयाँ फिल्म ‘जिगरा’ को फर्स्ट लूक टीजरमा सार्वजनिक भएको छ । केहि सेकेन्डको टीजरमा आलियालाई रफ एण्ड टफ लूकमा देखिएको छ ।

यसका साथै टीजरमा आलियाले बोलेका केही संवाद पनि समावेश गरिएको छ, जुन दमदार छन् । संवादबाट फिल्म दिदी–भाइको कथामा आधारित छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।

यो फिल्मको टीजर रिलिजसंगै आलियाले एउटा अर्को ठूलो घोषणा गरेकी छिन् ।

‘जिगरा’ को टीजर शेयर गर्दै आलियाले क्याप्शनमा लेखेकी छिन् – ‘जिगरालाई लोकप्रिय निर्देशक भसन बालाले निर्देशन गरेका छन् र यसलाई धर्मा मूभिज, सनसाइन प्रोडक्शनबाहेक म आफैँले पनि निर्माण गरेकी छु । धर्मा प्रोडक्शनबाट आफ्नो करियरको शुरुवात र अहिले यहिसंगै फिल्म प्रोड्यूस गर्नु, एउटा चक्र घुमेर पुनः त्यहिँ आइपुगेको छ, जहाँबाट मैले शुरुवात गरेकी थिएँ भन्ने महसुस भइरहेको छ । हरेक दिन पहिले भन्दा भिन्दै हुन्छ । केवल अभिनयमात्र नभइ निर्माताको रुपमा पनि म धेरै खुशी छु र उत्साहित पनि छु ।’

आलियाले बोलेका संवाद अहिले चर्चामा छन् । ‘जिगरा’ को टीजरमा आलियाको संवादमा भनिएको छ– ‘हेर मलाई, तिमी मैले लगाइदिएको राखि लगाउँँछौ । तिमी मेरो प्रोटेक्शनमा छौं । तिमीलाई म केहि पनि हुन दिन्न ।’

जिगरामा आलिया अन्य फिल्ममा भन्दा भिन्दै देखिएकी छिन् । उनले एउटा हातमा ब्याग बोकेर, शर्ट र जिन्स लगाएको देखिन्छ । उनले बोलेको संवादले फिल्मको कथातर्फ संकेत गर्छ ।

Published Date: 26 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास