१९ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान

१९ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान : Icon Khabar

काठमाडौँ, असोज ९ । चाईनाको हाङ्गझाउमा आयोजना भईरहेको १९ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छ ।

नेपाली टोलीमा टिम ब्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र बशन्त थारु रहेका छन् ।

ट्राईयाथलनमा नेपालले ब्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छ । श्रेवी, मौलिक र बशन्तले ब्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छन् भने युस्काले मिक्स रिलेमा मात्र प्रतिस्पर्धा गर्नेछिन् ।

बशन्त थारु बाहेक अन्य खेलाडीहरुको एशियन गेम्समा पहिलो अनुभव रहेको छ । बशन्त थारुले दक्षिण एशियाली खेलकुदमा नेपालका लागि पदक दिलाईसकेका छन् भने यस अघि कोरियामा आयोजना भएको इनचोन एशियन गेम र ईडोनेसियामा भएको जाकार्ता एशियन गेम्समा सहभागिता जनाईसकेका छन् ।

ट्राईयाथलन प्रतियोगिता १९ गते शुक्रबारबाट सुरुहुनेछ । आधिकारीक रुपमा ट्राईयाथलन संघको स्थापना पश्चात छोटो समयमा नै नेपाली खेलाडीहरुले नेपालका लागि पदक जोड्न सफल भईसकेका छन् ।

नेपाली टोलीलाई संघका सदस्य मिकेन महर्जन लगायतले अन्तराष्ट्रिय बिमान स्थलमा शुभकामना सहित बिदाई गरे ।

Published Date: 26 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास