१९ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान

१९ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान : Icon Khabar

काठमाडौँ, असोज ९ । चाईनाको हाङ्गझाउमा आयोजना भईरहेको १९ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छ ।

नेपाली टोलीमा टिम ब्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र बशन्त थारु रहेका छन् ।

ट्राईयाथलनमा नेपालले ब्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छ । श्रेवी, मौलिक र बशन्तले ब्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छन् भने युस्काले मिक्स रिलेमा मात्र प्रतिस्पर्धा गर्नेछिन् ।

बशन्त थारु बाहेक अन्य खेलाडीहरुको एशियन गेम्समा पहिलो अनुभव रहेको छ । बशन्त थारुले दक्षिण एशियाली खेलकुदमा नेपालका लागि पदक दिलाईसकेका छन् भने यस अघि कोरियामा आयोजना भएको इनचोन एशियन गेम र ईडोनेसियामा भएको जाकार्ता एशियन गेम्समा सहभागिता जनाईसकेका छन् ।

ट्राईयाथलन प्रतियोगिता १९ गते शुक्रबारबाट सुरुहुनेछ । आधिकारीक रुपमा ट्राईयाथलन संघको स्थापना पश्चात छोटो समयमा नै नेपाली खेलाडीहरुले नेपालका लागि पदक जोड्न सफल भईसकेका छन् ।

नेपाली टोलीलाई संघका सदस्य मिकेन महर्जन लगायतले अन्तराष्ट्रिय बिमान स्थलमा शुभकामना सहित बिदाई गरे ।

Published Date: 26 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक