सरकारले ख्वप अस्पताललाई रु. १० करोड भन्दा बढी बिमा रकम किन भुक्तानी गरेन ?

सरकारले ख्वप अस्पताललाई रु. १० करोड भन्दा बढी बिमा रकम किन भुक्तानी गरेन ? : Icon Khabar

भक्तपुर, असोज ९ । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच भएको सम्झौताअनुसार बीमा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको करिब रु. १० करोड ३८ लाख भन्दा बढी रकम सोधभर्ना बाँकी हुँदा अस्पतालाई आर्थिक समस्या परिरहेको स्पष्ट पार्दै छिटो रकम सोधभर्ना गर्न स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुको ध्यानाकर्षण गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाको आयोजनामा भएको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रममार्फत विद्यार्थीहरुको मानसिक स्वास्थ्य प्रवद्र्धनबारे एकदिने कार्यशाला गोष्ठीमा बोल्दै नगरपालिका प्रमुख सुनिल प्रजापतिले मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा सामुदायिक विद्यालयको प्रतिनिधित्व नभएकोतर्फ प्रश्न उठाउँदै गरिबका छोराछोरीहरु पढ्ने विद्यालयको लागि विद्यालय नर्स आवश्यक भएको बताए।

विद्यालय नर्सहरुलाई समयसापेक्ष सेवा सुविधा, तालिम, नर्सहरुको जागिरको स्थायित्वको सुनिश्चितता आदिबारे स्वास्थ्य मन्त्रालयले आवश्यक पहल गर्नु जरुरी रहेको बताउँदै उनले नर्सहरुलाई औषधी वितरणको अधिकार नभएको हुँदा विद्यालयहरुमा हप्तामा एकपटक डाक्टरले परीक्षण गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

मानसिक रोगसम्बन्धी विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्नु उपयुक्त हुने बताउँदै उनले विद्यालय नर्स सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति नै राम्रो हुनुपर्ने बताए ।

Published Date: 26 September 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता