सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने

सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने : Icon Khabar

काठमाडौँ, असोज ८ । सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ ।

दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले तेस्रो सातादेखि सुुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्ता ठगिन सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिने उनको भनाइ छ । मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरेर खाद्यान्नको मौज्दातको अवस्थाको बारेमा जानकारी लिएको छ ।

मन्त्रालयले आइतबार सुपथ मूल्य पसल राख्ने विषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र टे«डिङ कर्पोरेसनका प्रतिनिधिलाई बोलाएर खाद्यान्न मौज्दातको अवस्थाको के छ भनेर जानकारी लिएको जनाएको छ ।

गत वर्षसरह यस वर्ष पनि खाद्यान्नमा छुट दिइने मन्त्रालयले जनाएको छ । नुन प्रतिकेजीमा दुई रुपियाँ, चिनी प्रतिकेजीमा पाँच रुपियाँ र चामल प्रतिकेजीमा पाँच देखि १० रुपियाँसम्म छुट दिने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ । यस्तै खसीबोका प्रतिकेजीमा १० रुपियाँ छुट दिइने भएको छ ।

चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन उपत्यकासँगै बाहिरी जिल्लाहरूमा सुपथ पसल सञ्चालन गरिने छ । सरकारी स्वामित्वमा सञ्चालित संस्थानले सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्ने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट्र टे«डिङ कर्पोरेसनले छुटमा खाद्यान्न वितरण गर्ने छन् ।

मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमार्फत सुपथ पसल सञ्चालन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दुई करोड ३२ लाख २० हजार र साल्ट्र टे«डिङ कर्पोरेसनलाई एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन प्रत्येक वर्ष सुपथ मूल्यका पसल सञ्चालन हुने गर्छ । दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सरकारी संस्थानमार्फत सुपथ मूल्यका पसल सञ्चालन हुने गर्दछन् ।

चाडपर्वको उपभोक्तालाई छुट दिएको रकम मन्त्रालयले शोधभर्नाबापत कम्पनी र कर्पोरेसनलाई उपलब्ध गराउने गर्छ । उपत्यका विभिन्न ठाउँमा सुपथ पसल सञ्चालन गरिने छ । उपत्यका बाहिरी जिल्लामा संस्थानका कार्यालयमार्फत सुपथ मूल्यमा खाद्यान्न वितरण गरिने भएको छ ।

बजारमा चिनीको मूल्य अत्यधिक बढेको छ । प्रतिकेजी एक सय रुपियाँ रहेको चिनीको मूल्य किलोमा ५० रुपियाँसम्मले बढ्दा त्यसको मारमा उपभोक्ता परेका हुन् । निजी व्यवसायीले कृत्रिम अभाव देखाएर चिनीमा अस्वाभाविक मूल्य बढाउँदा चाडपर्वका बेला उपभोक्तालाई प्रत्यक्ष असर परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2023
Website | + posts