आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस

आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस : Icon Khabar

काठमाडौँ, पुष २७। देशभर आज राजा पृथ्वी नारायण शाहको जन्मदिनको रुपमा पृथ्वी जयन्ती अनि राष्ट्रिय एकता दिवस मनाइदैछ । नेपाल सरकार गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारि गर्दै आज देशैभर यहि अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो।

राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्मेका राजा पृथ्वी नारायण शाहलाई नेपाल एकीकरणको हस्तीका रुपमा लिने गरिन्छ। पृथ्वी नारायण शाह को ३०१ औँ जन्मजयन्तीको अवसरमा प्रत्येक वर्ष आजकै दिन नेपालमा पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवस मनाइन्छ।

पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू-भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।

“घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्”

“नेपाल दुई ढुङ्गाबिचको तरुल हो”

पृथ्वी नारायण शाहका यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

Published Date: 11 January 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय