आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस

आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस : Icon Khabar

काठमाडौँ, पुष २७। देशभर आज राजा पृथ्वी नारायण शाहको जन्मदिनको रुपमा पृथ्वी जयन्ती अनि राष्ट्रिय एकता दिवस मनाइदैछ । नेपाल सरकार गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारि गर्दै आज देशैभर यहि अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो।

राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्मेका राजा पृथ्वी नारायण शाहलाई नेपाल एकीकरणको हस्तीका रुपमा लिने गरिन्छ। पृथ्वी नारायण शाह को ३०१ औँ जन्मजयन्तीको अवसरमा प्रत्येक वर्ष आजकै दिन नेपालमा पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवस मनाइन्छ।

पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू-भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।

“घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्”

“नेपाल दुई ढुङ्गाबिचको तरुल हो”

पृथ्वी नारायण शाहका यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 January 2023
Website | + posts