बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाउ : स्वास्थ्य मन्त्रालय

बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाउ : स्वास्थ्य मन्त्रालय : Icon Khabar

काठमाडौँ, पुस २७। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले दादुराबाट जोगाउन आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा अनुरोध गरेको छ।

नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन अनुरोध गरेको हो। विज्ञहरुका अनुसार यस खोपको प्रभावकारिता ९७ प्रतिशत सम्म हुने गर्दछ। मन्त्रालयको जानकारी अनुसार नेपालगंजमा मात्रै ९० जनालाई दादुराको पुष्टि भैसकेको छ भने एक जनाको ज्यान पनि गएको छ।

दादुरा र रुबेला विरुद्धको खोप बालबालिका नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउने गरिन्छ। नेपाल सरकार ले संक्रमण भएको ठाउँमा खोप कार्यक्रम पनि संचालन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 January 2023
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने