बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाउ : स्वास्थ्य मन्त्रालय

बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाउ : स्वास्थ्य मन्त्रालय : Icon Khabar

काठमाडौँ, पुस २७। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले दादुराबाट जोगाउन आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा अनुरोध गरेको छ।

नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन अनुरोध गरेको हो। विज्ञहरुका अनुसार यस खोपको प्रभावकारिता ९७ प्रतिशत सम्म हुने गर्दछ। मन्त्रालयको जानकारी अनुसार नेपालगंजमा मात्रै ९० जनालाई दादुराको पुष्टि भैसकेको छ भने एक जनाको ज्यान पनि गएको छ।

दादुरा र रुबेला विरुद्धको खोप बालबालिका नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउने गरिन्छ। नेपाल सरकार ले संक्रमण भएको ठाउँमा खोप कार्यक्रम पनि संचालन गरिरहेको छ।

Published Date: 11 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय