शिक्षक आन्दोलनले सवारी आवागमन अवरुद्व हुँदा विभिन्न स्थानबाट ट्राफिक डाईभर्सन (पूरा जानकारी)

शिक्षक आन्दोलनले सवारी आवागमन अवरुद्व हुँदा विभिन्न स्थानबाट ट्राफिक डाईभर्सन (पूरा जानकारी) : Icon Khabar

काठमाडौँ, असोज ४ । काठमाडौँको बानेश्वर चोकमा भईरहेको शिक्षक आन्दोलनका कारण काठमाडौंको माईतीघर-नयाबानेश्वर रुटहुँदै संचालन हुने सवारी साधनलाई विभिन्न् स्थानबाट डाईभर्सन गरिएको छ ।

माईतीघरबाट बानेश्वर स्थित बेकरी क्याफे सम्मको लागि र्‍याली भइरहेका कारण सवारी साधनलाई डाईभर्सन गरिएको हो । डाइभर्सनका कारण तीनकुने, कालीमाटी, बल्खुबाट ठुला सवारी साधनलाई र साना सवारी साधनलाई भने नयाँबानेश्वर, थापाथली, हनुमानस्थान बबरमहल, बिजुलीबजार लगायतका चोकहरुबाट डाइभर्सन गरिएको छ ।

नयाँबानेश्वर सम्मको लागि भइरहेको र्‍यालीका कारण सवारी साधन डाइभर्सन गरिंदा भद्रकाली, त्रिपुरेश्वर, रणोद्दिप चोक, थापागाउँ, अनामनगर, कालिकास्थान, सिंहदरबार, पुतलीसडक, शान्तीनगर, तीनकुने गैह्रिगाउँ, नयाँबानेश्वर पानीट्याङकी, कुपण्डोल, सोह्रखुट्टे, जयनेपाल, कृष्ण पाउरोटी लगायतका चोकमा सवारी साधन चापमा चलिरहेका छन् ।

सहज यात्राका लागि पैदलयात्री तथा सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्नुहुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 September 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी