शिक्षक आन्दोलनले सवारी आवागमन अवरुद्व हुँदा विभिन्न स्थानबाट ट्राफिक डाईभर्सन (पूरा जानकारी)

शिक्षक आन्दोलनले सवारी आवागमन अवरुद्व हुँदा विभिन्न स्थानबाट ट्राफिक डाईभर्सन (पूरा जानकारी) : Icon Khabar

काठमाडौँ, असोज ४ । काठमाडौँको बानेश्वर चोकमा भईरहेको शिक्षक आन्दोलनका कारण काठमाडौंको माईतीघर-नयाबानेश्वर रुटहुँदै संचालन हुने सवारी साधनलाई विभिन्न् स्थानबाट डाईभर्सन गरिएको छ ।

माईतीघरबाट बानेश्वर स्थित बेकरी क्याफे सम्मको लागि र्‍याली भइरहेका कारण सवारी साधनलाई डाईभर्सन गरिएको हो । डाइभर्सनका कारण तीनकुने, कालीमाटी, बल्खुबाट ठुला सवारी साधनलाई र साना सवारी साधनलाई भने नयाँबानेश्वर, थापाथली, हनुमानस्थान बबरमहल, बिजुलीबजार लगायतका चोकहरुबाट डाइभर्सन गरिएको छ ।

नयाँबानेश्वर सम्मको लागि भइरहेको र्‍यालीका कारण सवारी साधन डाइभर्सन गरिंदा भद्रकाली, त्रिपुरेश्वर, रणोद्दिप चोक, थापागाउँ, अनामनगर, कालिकास्थान, सिंहदरबार, पुतलीसडक, शान्तीनगर, तीनकुने गैह्रिगाउँ, नयाँबानेश्वर पानीट्याङकी, कुपण्डोल, सोह्रखुट्टे, जयनेपाल, कृष्ण पाउरोटी लगायतका चोकमा सवारी साधन चापमा चलिरहेका छन् ।

सहज यात्राका लागि पैदलयात्री तथा सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्नुहुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

Published Date: 21 September 2023






ताजा
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता