नयाँ फिल्म ‘देव वाणी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

नयाँ फिल्म ‘देव वाणी’ को फर्स्टलुक पोस्टर सार्वजनिक : Icon Khabar

काठमाडौ, असोज ४ । आगामी पुस २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्वज तथा डेव्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ । दोस्रो पोस्टरमा अभिनेता भारद्वजलाई एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत गरिएको छ ।

बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएका फिल्ममा सुनिल, कुन्दन र अनुजासहित ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ । सिमरा, वीरगन्ज र काठमाडौंमा यो फिल्म छायांकन गरिएको हो ।

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भैरहेको जानकारी दिए । फिल्मलाई नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता महेन्द्र यादव, अपार गुरुङ र हुन् । फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।

मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सनको काम भैरहेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलरग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहनेछ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ ।

Published Date: 21 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास